स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरीमा माघी महोत्सव आयोजना गरिएको छ । शनिवारदेखि बेलौरीको खुलामञ्चमा “राष्ट्रिय एकता व विविधता हमार शान, थारु भाषा, संस्कृति बचैना हमार अभियान” नाराका साथ बेलौरी नगर भलमन्सा समितिले माघी महोत्सवको आयोजना गरेको हो ।
थारू समुदायले यस वर्ष थारू सम्वत २६४९ को माघी पर्व भव्य रूपमा मनाउने तयारी गरेको जनाएको छ । सोही अवसरमा महोत्सवको आयोजना गरिएको बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष अमर चौधरीले बताए । महोत्सवमा थारू समुदायको संस्कृति झल्कने पहिचान, थारू परम्परागत खानाका परिकार, थारू समुदायले विगतमा प्रयोग गर्दै आइरहेका सामग्रीहरूको प्रदर्शनी, सांस्कृतिक कार्यक्रममा सखिया, झुम्रा, मघौटा, तथा रानाथारु समुदायको होरी नाच लगायत प्रस्तुति हुनेगरेको उनले बताए ।
यसैगरी, माघी पर्वलाई थारू र मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइँदै आएको उनले बताए। महोत्सवको माध्यमबाट सामाजिक एकता मजबुत बनाउनुका साथै स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बेलौरी नगर भलमन्सा समितिका अध्यक्ष चौधरीले बताए । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले माघीमा प्रत्येक वर्ष गाउँ–टोलमा नयाँ भलमन्सा चयन गर्ने प्रचलन रहिआएकाले यस पर्वले थारू समुदायको ऐतिहासिक संस्कार, जीवनशैली र सांस्कृतिक सम्पदालाई भावीपुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको बताए।
महोत्सवमा रक्तदानका साथै थारू समुदायको मौलिक कला, संस्कृति तथा पहिचान झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिँदैआएको छ । उपप्रमुख चौधरीले थारू समुदायको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले नगरभित्र बसोबास गर्ने सबै जातजातिको मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







