थारू समुदायको मुख्य पर्व माघ (माघी) को अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३, बैजापुरमा अवस्थित भुवरभवानी मन्दिरमा माघी मेलाको तयारी तीव्र पारिएको छ । पुस ३० गतेदेखि माघ ४ गतेसम्म आयोजना गर्ने गरी भुवरभवानी माघी मेला सञ्चालनको तयारी तीव्र रूपमा भइरहेको राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष एवं मेलाका संरक्षक मीनकुमार थारूले जानकारी दिए ।
उनका अनुसार यस वर्ष मेलालाई थप व्यवस्थित गर्दै मन्दिर संरक्षण तथा संवर्धन समितिले नै मेला सञ्चालन गर्ने भएको छ । मेलामा थारू समुदायको कला, संस्कृति झल्कने सांस्कृतिक प्रस्तुति र स्थानीय उत्पादन व्यापारिक कक्ष राखिने वडाध्यक्ष थारूले बताए। वि.सं. २०१३ सालमा स्थापना भएको भुवरभवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठुलो मन्दिरका रूपमा परिचित छ । माघी मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँ दर्शक तथा भक्तजनहरू आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारूले बताए।
उनले भने, ‘भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यहाँ सञ्चालन हुने माघी मेलाको महत्त्व नै बेग्लै छ, यसको अझ प्रचारप्रसार गर्नसके टाढाबाट भक्तजनलाई ल्याउन सकिने र आस्थाको गन्तव्य बन्न सक्ने छ ।’ गाउँपालिकाका उपाध्यक्ष थारूले भुवरभवानी माघी मेला यस क्षेत्रकै ठुलो मेला भएको जनाउँदै धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दैआएको बताए।
बैजापुरका स्थानीय रामअचल थारूले भुवरभवानी मन्दिर राप्तीसोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिकाले विशेष बजेट छुट्याउनु पर्ने माग गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






