काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत Breathe of Life (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभुत आवश्यकता, शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गरे । साथै, यस सहयोगप्रति आभार व्यक्त गर्दै आश्रममा रहेको गरिब तथा विपन्न बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए ।
उक्त कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले आश्रममा वितरण गरिएको खाद्यान्न तथा शैक्षिक सामाग्रीले समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा उप–मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योेगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरु, बाल आश्रमका सहभागी तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम






