काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा कृत्रिम बौद्धिकता एआई नीति र औद्योगिक विकास मार्फत नेपालको डिजिटल भविश्यबारे बृहत अन्तरक्रिया सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधिमन्त्री जगदिश खरेलको उपस्थितीमा सूचना प्रविधि क्षेत्रका दुुई दर्जन बढी संघसंस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । नेपालमा एआई प्रविधीको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानूूनी सहजता मार्फत डिजितल भविश्य निर्माण गर्न सरकार निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको सरोकारवालाले बताएका छन ।
सो कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशको सुुशासनका लागि आईटीको विकास महत्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आईटीको विकास महत्वपुुर्ण हुने उनको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपुुर्ण आधार बन्दै गएको बताए । डिजिटल रुपान्तरण मार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यवसायिक लागत घटाउने र निर्णय प्रक्रीयामा पारदर्शिता ल्याउन एआईको भूूमिका महत्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाई छ ।
अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सिमित श्रोतबाट अधिकतम उपलव्धी हासिल गर्नुुपर्ने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







