काठमाडौँ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको सुरुवात गरेको छ । क्लोथ बैंकका अध्यक्ष डा।राजीव झाको नेतृत्वमा बिहीबार बिहान कबिर बाल आश्रमका संचालक संत सत्यनारायण आलोकलाई आश्रममा रहेका बालबालिकाहरुको लागि १५ थान ज्याकेट र ७ थान सिरक हस्तान्तरण गरिएको हो ।
नयाँ वर्षको पहिलो दिन बिहानै अध्यक्ष डा। झाले सबैलाई फोनमार्फत शुभकामना आदान–प्रदान गर्दै सेवामूलक कार्यलाई प्राथमिकता दिएका छन् । कार्यक्रममा डिआइजी गोबिन्द थपलिया, समाजसेवी अमरचन्द्र अनिल, क्लोथ बैंक नेपालका उपाध्यक्ष पुरण गुप्ता, कोषाध्यक्ष रुबि झा, बिनोद ठाकुर, कृष्ण कुमार साह, राम टहल यादव, सुदिप महतो, पत्रकार बद्रीनाथ झा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले क्लोथ बैंक नेपालको निरन्तर मानवीय सेवाले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताएका छन् । नयाँ वर्षको सुरुवात नै सेवाबाट गर्नु प्रेरणादायी भएको उनीहरूको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







