काठमाडाैँ । सात बुँदे घोषणापत्र जारी गर्दै बागमती प्रदेश लघुवित्त सदस्य सम्मेलन सम्पन्न भएको छ । शुक्रबार कार्की ब्याँक्वेट, काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले गरेका थिए । “स्वस्थ लघुवित्त, समृद्ध सदस्य” भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा बागमती प्रदेशका २४ वटा संस्था तथा ३०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मानुषी लघुवित्त, स्वावलम्बन लघुवित्त, छिमेक लघुवित्त, सूर्योदय वोमी लघुवित्त र महिला सहयोगी बचत तथा ऋण सहकारीको संयुक्त आयोजनामा भएको सम्मेलनको विभिन्न सत्रमा नेपालका प्रतिष्ठित लघुवित्त विज्ञहरुले नेपालमा लघुवित्तको महत्व, आवश्यकता र योगदानका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

लघुवित्त कार्यक्रमलाई अझ सदस्यमुखी, प्रभावकारी तथा दिगो बनाउने अभिप्रायले आयोजित सम्मेलनले युवा सदस्यहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने, सबै सरोकारवालाहरूलाई अझै जिम्मेवार र उत्तरदायी बनाउने तथा जिम्मेवार लघुवित्त अभ्यासको प्रबद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । सम्मेलनलाई समापन सत्रका प्रमुख अतिथि पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, लघुवित्त विज्ञ स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठ, नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुर यादव लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





