नटेक अलायन्स नेपाल (FAN) ले “A common platform for Financial Institutions to meet Tech Innovators” भन्ने नारा सहित नेपाल फिनटेक एक्स्पो २०२६ आयोजना गर्ने घोषणा गरेको छ, जसको मिति २०२६ जनवरी २ र ३ (पौष १८ र १९ गते, शुक्रबार र शनिवार) निर्धारण गरिएको छ। कार्यक्रम हेरिटेज गार्डेन, सानेपा, ललितपुरमा आयोजना हुनेछ।
के यो नेपालमा पहिलो पटक आयोजना हुन लागेको सबैभन्दा ठूलो र पूर्ण रूपमा फिनटेक–केन्द्रित एक्स्पो हो, जसले देशको डिजिटल फाइनान्स, भुक्तानी प्रणाली, बैंकिङ प्रविधि, इम्बेडेड फाइनान्स, साइबर सुरक्षा, क्लाउड बैंकिङ, कृत्रिम बुद्धिमत्ता (AI), ब्लकचेन तथा नयाँ पुस्ताका प्रविधिहरूलाई एकै मञ्चमा ल्याउनेछ।
दुई दिने यस एक्स्पोमा ४,००० भन्दा बढी सहभागीहरूको उपस्थिति अपेक्षित छ, जसमा बैंक तथा वित्तीय संस्था (BFIs), PSO, PSP, बीमा कम्पनी, लगानी कम्पनी, पुँजी बजार, आईटी तथा सफ्टवेयर कम्पनीहरू, फिनटेक तथा टेक स्टार्टअपहरू, सरकारी संस्थान, दातृ निकाय, नियामक संस्था, अन्तर्राष्ट्रिय प्रतिनिधि तथा सम्भावित लगानीकर्ताहरू समेत रहनेछन्।
एक्सपोमा ६० भन्दा बढी स्ट्यान्डर्ड बूथ, स्टार्टअप डेमो जोन, टेक कम्युनिटी जोन, अनुभवात्मक फिनटेक शोकेस, र उद्योग–केन्द्रित ज्ञान–सत्रहरू रहने व्यवस्था गरिएको छ। टेक कम्युनिटीका लागि ‘फस्ट–कम, फस्ट–सर्भ’ आधारमा निःशुल्क टेबल प्रदान गरिनेछ, जसले स्थानीय प्रतिभा र इनोभेटरहरूलाई आफ्नो कौशल प्रदर्शन गर्ने अवसर दिनेछ।
यसका साथै, एक्स्पोमा डिजिटल ट्रान्सफर्मेसन, नेक्स्ट–जेन पेमेंट टेक्नोलोजी, क्रेडिट स्कोरिङ, डेटा एनालेटिक्स, फ्रड म्यानेजमेन्ट, साइबर रेसिलिएन्स, फाइनान्सियल इनक्लूजन, इम्बेडेड फाइनान्स, डिजिटल लेंडिंग, र भुक्तानी प्रणाली विस्तारजस्ता विषयमा छलफल तथा अनुभव आदान प्रदान हुने छ।
यी कार्यक्रमहरूले उद्योगका प्रमुख नेतृत्व, CTO/CIO, इनोभेटर्स, नीति निर्माताहरू र सेवा प्रदायकहरू बीच गहिरो सहकार्य र ज्ञान आदान–प्रदान गर्ने वातावरण सिर्जना गर्नेछन्।
प्रवेश टिकट मूल्य साधारणका लागि रु. १०० र विद्यार्थीका लागि रु. ५० रहनेछ। NRB, SEBON, NTA तथा iCAN लगायतका नियमनकारी निकाय अन्तर्गतका कर्मचारीहरूले आधिकारिक परिचयपत्र देखाई निःशुल्क प्रवेश पाउनेछन्।
FAN सदस्यहरूको प्रतिनिधित्वलाई प्रोत्साहित गर्न, प्रत्येक सदस्य संस्थाले स्ट्यान्डर्ड बूथमा ५०% छुट प्राप्त गर्ने विशेष सुविधा उपलब्ध गराएको छ।
फिनटेक उद्योगलाई एकीकृत गर्दै, घरेलु उत्पादन र सेवाहरूलाई प्रोत्साहन गर्दै, बैंकिङ–टेक साझेदारीलाई मजबुत बनाउँदै, र नेपालको डिजिटल अर्थतन्त्रलाई दिगो रूपमा विस्तार गर्न योगदान पुर्याउने FAN को अभिप्राय यस एक्स्पोको मुख्य प्रेरणा हो।
एक्स्पोले देशभरका फिनटेक पेशेवर, प्रविधि नवप्रवर्तनकर्ता, संस्थागत निर्णयकर्ताहरू तथा उद्यमीहरूलाई एक स्थानमा ल्याई राष्ट्रिय फिनटेक इकोसिस्टमलाई विश्व स्तरमा उजागर गर्नेछ।
सहभागिता, Sponsorship तथा बूथ बुकिङ सम्बन्धी विस्तृत जानकारीका लागि: info@fintechnepal.org मा सम्पर्क गर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संस्कृतिको जगेर्ना गर्न बेलौरीमा माघी महोत्सव
- खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एन. आई. सी.एशिया बैंकको अनुरोध
- बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित
- 'माइस' र 'वेडिङु' पर्यटन प्रवर्द्धनका लागि पर्यटन बोर्ड भारतमा
- डोङफेङ नेपालद्वारा विशेष “नामी सेलिब्रेशन ड्राइभ” सम्पन्न
- काठमाडौँ सामान ढुवानी व्यवसायी संघको ११ औँ बार्षिक साधारण सभा सम्पन्न
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
- होटल गरिमा लिमिटेडले साधारण शेयर निष्काशन गर्ने


ट्रेन्डिङ
खबरमुकाम








