नेपालको प्रमुख चाडहरूमध्ये उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) को शुभअवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
सन्देशमा भनिएको छ, ‘नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधताले भरिपूर्ण देश हो। अनेकतामा एकता नै देशको पहिचान हो । प्रकृतिसँग सम्बन्धित नेपालमा यामसँगै शुरु हुने चाडहरूले देशलाई रङ्गीन बनाएको छ । उधौली अर्थात लेकदेखि वेशीतर्फ सर्ने, चिसोबाट बच्ने गरेको उपायलाई पछि चाडपर्वमा विकास गरेको पाइन्छ त्यसैगरी आफूले फलाएको अन्न, फलफूललाई पहिले प्रकृतिलाई चढाएर मात्र मानिसले खाने प्रथा पनि प्रकृतिसँग सम्बन्धित छ ।’
खापुङले मानिसले सामाजिक विकासमा लम्कदा बनेका विविध संस्कार र संस्कृतिलाई देशले पनि आत्मसात गरेको छ बताउनुभएको छ।
उहाँले भन्नुभएको छ ‘सामूहिक रूपमा मनाइने चाडपर्वहरूले सामाजिक एवम् साम्प्रदायिक सद्भाव कायम राखी राष्ट्रिय एकता अझ सुदृढ बनाउनुछ भन्दै फेरि पनि उधौली पर्व, साकेला, साकेवा, फोलष्याँदर, चासोक तङ्नाम, योमरी पुन्ही, ज्यापू दिवस (धान्य पूर्णिमा) समेतको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






