नेपाल रेमिटरर्स एशोसिएसनले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग साझेदारी गरेको छ । नेपाल रेमिटर्सले यसलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपम लिएकाे छ ।
यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्दछ भन्दै नेपाल रेमिटर्सले केही चरणका छलफलपछि दुवै संघहरूले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई सुदृढ बनाउन, सहकार्य विस्तार गर्न र वृद्धि प्रोत्साहन गर्न संयुक्तरूपमा काम गर्ने सहमति जनाएको जानकारी दिएको छ ।
नेपाल रेमिटर्सको विज्ञप्तिमा, ‘यो साझेदारीले ज्ञान आदान–प्रदान, सीमा–पार सहयोग, र अन्तर्राष्ट्रिय उत्तम अभ्यासमार्फत उद्योग मापदण्ड सुधार गर्ने दिशामा केन्द्रित हुनेछ ।’ भनिएकाे छ ।
साझेदारी कार्यक्रममा मलेशियन एशोसियसनका अध्यक्ष जाजाखान बिन कादेर गनी र नेपाल रेमिटर्सका अध्यक्ष रितेश मित्तलले बोलेका थिए । उनीहरुले नियामक अनुपालन सुधार, नवप्रवर्तन प्रवद्र्धन, तथा डिजिटल रूपान्तरण, अवैध सञ्चालकको नियन्त्रण र उपभोक्ता संरक्षण जस्ता साझा चुनौतीहरू समाधान गर्ने विषयमा विचार–विमर्श भएको जनाइएको छ ।
मित्तलका अनुसार यो साझेदारी नेपालका रेमिटेन्स उद्योगका लागि ऐतिहासिक उपलब्धि हो ।
मलेसियन एसोसियनसँगको सहकार्यले क्षेत्रीय सम्बन्ध मजबुत बनाउने, ज्ञान आदान–प्रदान गर्ने र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ । अन्ततः यसले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरू तथा नेपालको समग्र अर्थतन्त्रलाई लाभ पुर्याउने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता
- बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि
- आजको मौसम, पानी पर्ने र तातो हावा बहने सम्भावना
- आज यस्तो छ बिदेशी मुद्राको नेपाली दररेट
- ओलीको संकट तत्काललाई टर्यो, यस्तोछ पार्टीको नयाँ पदीय वरीयताक्रम



ट्रेन्डिङ
खबरमुकाम







