अमरराज नहर्की
तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य बन्दीपुर बजार एकाइको आयोजनामा गरिएको महोत्सव मङ्सिर १० देखि २१ गतेसम्म सञ्चालन हुने छ र यसले भ्रमण वर्ष २०२५ अन्तर्गत आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको छ ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बजारमै मात्र केन्द्रित पर्यटकको भीड गाउँ–गाउँसम्म फैलाउँदै सम्पूर्ण क्षेत्रलाई पर्यटन–मैत्री बनाउने उद्देश्यले महोत्सव गरिएको बताउनुभयो । थापाका अनुसार छवटै वडामा पर्यटक पुर्याउन सडक स्तरोन्नति, सिँढीमार्ग निर्माण र “उज्यालो बन्दीपुर” कार्यक्रममार्फत सहज पहुँच र वातावरण निर्माण भइरहेको छ ।
महोत्सवले ग्रामीण जीवनशैली, स्थानीय कला–संस्कृति, होमस्टे र कृषक उत्पादनसँगै पर्यटन प्रवर्धन गर्ने अवसर प्रदान गर्ने छ । महोत्सव मूल समारोहका समितिका संयोजक घनश्याम उपाध्यायका अनुसार महोत्सवका क्रममा कृषि उत्पादन, पशुपालन, हस्तकला, कला–संस्कृति र स्थानीय व्यवसाय एकै थलोमा प्रदर्शन गरिने छ । यसले न केवल स्थानीय रोजगारी सिर्जना गर्ने छ, तर जीवनस्तर सुधारमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ, पोखरा र सौराहाजस्ता प्रमुख पर्यटकीय केन्द्रको त्रिकोणमा बन्दीपुर अवस्थित भएर, पुराना घर–आवास, भक्तपुरे शैलीका संरचना, टुँडिखेल, थानीमाई, रानीवन, रामकोट, सुनखरी, खड्देवी र महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङ र चट्टान आरोहणजस्ता आकर्षणले पर्यटकलाई आकर्षित गर्दै आएको छ ।
हालसालै सञ्चालनमा आएको केवलकारले पहुँच अझ सहज बनाएको छ । स्थानीय व्यवसायी र समुदायसँगको साझेदारीमा अघि बढाइएको यस महोत्सवले बन्दीपुरलाई दीर्घकालीन रूपमा बलियो पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने विश्वास गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






