आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी तालिम प्रदान गरेको छ ।
उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी विद्यमान ऐन, नियम सो संग सम्बन्धीत रही नियमनकारी निकायबाट जारी भएका निर्देशनमा रहेका कानूनी व्यवस्थाका बारेमा तालिम दिईयो ।
सो क्रम्मा केहि सयम अघि मात्र नियमनकारी निकायबाट जारी भएको नयाँ सम्पत्ति शुद्धीकरण, आतकंकारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाका बारेमा समेत जानकारि दिईएको थियो ।
तालिम कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालले सम्पत्ति शुद्धीकरण निवारणमा व्यवस्थापन, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुको समान योगदान तथा जीम्मेवारी रहने भएको विषयमा जोड दिनुभयो । साथै सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून पालनाले कम्पनीको आन्तरीक नियन्त्रण तथा सुशासन सवल बनाउन र ग्राहक तथा लगानीकर्ताको विश्वास बढाउन ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
तालिम कार्यक्रमको अन्त्यमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले कम्पनीका व्यवस्थापक, विभागिय प्रमुख तथा सम्पूर्ण कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणमा रहेका कानूनी व्यवस्थाहरुलाई पालना गर्न कटिबद्ध भएर लाग्न निर्देशन दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने
- ब्राजिलको शानदार पुनरागमन, जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश
- TVS ले नेपालमा सार्वजनिक गर्यो नयाँ Apache RTR 160 4V, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
- अमरसिंह थापाको जन्मका बारेमा वहसः यस्तो छ इतिहासविद्हरूको दाबी
- नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
- मेसीको गोलसँगै अर्जेन्टिनाको सहज जित
- आज ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ट्रेन्डिङ
खबरमुकाम






