काठमाडौं — एनएमबि बैंकले नेपालमा पहिलोपटक सफ्टपोस (Soft POS) सेवा सुरु गर्दै डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाएको छ । कुनै पनि NFC सपोर्ट गर्ने एन्ड्रोइड मोबाइल फोनलाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिनेछ ।
यस सेवामार्फत डेबिट वा क्रेडिट कार्डहरुबाट साना तथा मझौला उद्यम र टुर्सिम उद्यमहरू लगायत अन्य व्यवसायीहरुले मोबाइलमै भुक्तानी स्वीकार गर्न सकिनेछन्, यस सेवाको प्रयोगले व्यवसायीलाई पोस मेसिनको झन्झटबिनै डिजिटल भुक्तानी लिन सक्ने सुविधा दिनेछ ।
सफ्टपोसको प्रयोगबाट साना व्यापारी, डेलिभरी सेवा लगायत टाढा ग्रामीण क्षेत्रका उद्यमीहरूलाई समेत डिजिटल भुक्तानी प्रणालीमा सहभागी गराउने लक्ष्य लिएको एनएमबि बैंकले जनाएको छ ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गोविन्द घिमिरेले भन्नुभयो “सफ्टपोस सेवा केवल नयाँ प्रविधि होइन, यो नेपालको उद्यमशीलता र डिजिटल भविष्यतर्फको ठुलो पाइला हो । हरेक व्यापारीको खल्तीमा भएको मोबाइल नै अब भुक्तानी टर्मिनल बन्नेछ, र व्यवसाय सञ्चालन थप सजिलो र सुरक्षित हुनेछ ।”
सफ्टपोसले अन्तर्राष्ट्रिय स्तरको सुरक्षा मापदण्ड अनुरूप काम गर्ने हुँदा व्यापारी र ग्राहक दुवैका लागि सुरक्षित र सरल भुक्तानी सुनिश्चित हुने बैंकले जनाएको छ ।
यस सेवाको सुरुवातसँगै, एनएमबि बैंकले डिजिटल बैंकिङमा अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका थप प्रस्ट पारेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







