नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरुलाई अनलाईन पोर्टल मार्फत सामान खरीद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
२०८२ साल कार्तिक २५ (२०२५ नोभेम्बर ११) गते देखि २०८२ साल मंसिर ६ (२०२५ नोभेम्बर २२) सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट निमित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजको तर्फबाट प्रोजेक्ट लिड/डिजिटल पेमेन्ट तथा फाईनान्स सर्भिसेस श्री रिशव थापाले हस्ताक्षर गर्नुभएको छ ।
बैंकले निरन्तर नविनतामा जोड दिंदै आएको र डिजिटल ग्राहकको संलग्नता बढाउनको लागी आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसंगको साझेदारीलाई निरन्तरता दिएको छ ।
नेपाल बैंकमा खाता रहेका ग्राहकहरुले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,००० सम्मको छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले उक्त कार्डमा बैंकको कुनै पनि शाखा मार्फत इ–कमर्स सक्रिय गर्नु पर्नेछ । बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लुम्बिनीमा आज कांग्रेस इतर समूहको प्रदेश भेला, संगठन सुदृढीकरणदेखि राजनीतिक रणनीतिसम्म छलफल हुने
- ब्राजिलको शानदार पुनरागमन, जापानलाई हराउँदै अन्तिम १६ मा प्रवेश
- TVS ले नेपालमा सार्वजनिक गर्यो नयाँ Apache RTR 160 4V, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
- अमरसिंह थापाको जन्मका बारेमा वहसः यस्तो छ इतिहासविद्हरूको दाबी
- नाडा र ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
- मेसीको गोलसँगै अर्जेन्टिनाको सहज जित
- आज ओली, प्रचण्ड र नेपालले एउटै मञ्चबाट सम्बोधन गर्ने
- प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

ट्रेन्डिङ
खबरमुकाम






