एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णय अनुसार श्री दिवाकर भट्टराईज्यूलाई संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएकोमा यस लघुवित्त वित्तीय संस्थाको मिति २०८२÷०७÷१९ गते बसेको सञ्चालक समितिको बैठकले वहाँलाई यस वित्तीय संस्थाको आगामी वार्षिक साधारण सभासम्मको लागि नियुक्त गरेको छ । उक्त पदमा यस अघि सञ्चालक श्री सुमन थपलियाज्यू संस्थापक समूहमा संस्थापक एन आई सी एशिया बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आई रहनुभएका थिए ।
नव नियुक्त सञ्चालक श्री दिवाकर भट्टराईज्यूले संस्थाका अध्यक्ष श्री प्रकाश राज शर्माज्यूसमक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गर्नु भएका छन्। बैंकिङ्ग क्षेत्रमा १६ वर्षको कार्यानुभव भएका श्री दिवाकर भट्टराईज्यू हाल एन आई सी एशिया बैंक लिमिटेडमा Chief Agriculture and Other Corporate Loans को रुपमा कार्यरत रहेका छन्। वहाँको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





