काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जिम्मेवार र दीगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । लन्डनको एक्सल लन्डनमा भएको वर्ल्ड टुरिजम् मार्केट -डब्ल्यूटीएम_ २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्टM ट्रान्सफर्मिङ टुरिजम् थ्रु अ सर्कुलर इकोनमी’ दीगो परिवर्तनM सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण_ शीर्षकमा भएको छलफल सत्रमा सहभागी रहेका सीईओ जोशीले नेपालले गरेका प्रयासहरुबारे उल्लेख गर्दै जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता व्यक्त गरेका 5न् ।

नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व, र आर्थिक समावेशितामार्फत दिगो पर्यटनको अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सीईओ जोशीले जानकारी गराएका थिए । उनले भने, “नेपालले अब सतही ‘हरित’ पहलभन्दा अघि बढ्दै प्रणालीगत ध्यान केन्द्रित गरेको छौं । जहाँ वातावरणीय संरक्षण, स्थानीय सशक्तिकरण र व्यावसायिक दिगोपन बीच सन्तुलन कायम गर्न आवश्यक छ। यस प्रयासका लागि नेपाल प्रतिबद्ध छ ।”
सर्कुलर इकोनमीमार्फत पर्यटन रूपान्तरण शीर्षकमा आयोजित यो छलफलमा पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको अवधारणालाई अंगाल्दै स्रोतहरूको नःप्रयोग, फोहोर न्यूनिकरण, न्यून–कार्बन यातायात प्रवर्द्धन, र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल भएको थियो ।

ट्रोभ टुरिजम् डेभ्लप्मेन्टद्वारा सञ्चालन गरिएको यस छलफल कार्यक्रममा विश्वका विभिन्न देशका पर्यटन विशेषज्ञहरूले सहभागिता जनाएका थिए । छलफलले विश्वभरका नवीन अभ्यासहरू र तीव्र रूपमा विकसित हुँदै गरेका बजारले भोग्नुपरेका चुनौतीहरू उजागर गरिएको थियो ।
यस छलफलमा सर्कुलर इकोनमी परम्परागत ‘सस्टेनेबिलिटी’ अवधारणा, कमजोर पूर्वाधार भएका गन्तव्यमा न्यून–कार्बन गतिशीलता, नीति निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता, लगानी, पूर्वाधार र सीप विकासका अभावमा उदाउँदा बजारहरूले भोग्नु परेका चुनौतीहरू, विश्व पर्यटन उद्योगका प्रवृत्तहरु, वातावरण संरक्षणमा भूमिका खेल्ने स्थानीय समुदायको सामाजिक र आर्थिक लाभलगायतका विषयमा छलफल भएको थियो ।

यो छलफलमा पर्यटन क्षेत्रले अब सतही ‘हरित’ कार्यक्रमहरूमा सीमित नभई वास्तविक र मापनयोग्य परिवर्तन ल्याउने आवश्यकता औंल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







