राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्षमा ढकालले लिए पद तथा गोपनीयताको शपथ

नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष निर्मल ढकाललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नेपाल सरकारको मिति २०८२ साल कात्तिक १४ गतेको निर्णय अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका उपमहानिर्देशक रहेका उनलाई राष्ट्रिय बीमा कम्पनी लिमिटेडको अध्यक्ष तोकिएको हो ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ लगायत पदाधिकारीहरू उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै