काठमाडौं । नेपालभरका सयभन्दा बढी विमान व्यवसायी र पेशेवरहरू काठमाडौंमा आयोजित एयरबस हेलिकप्टरको ‘सुरक्षा तथा समर्थन र सेवाहरू’ सम्बन्धी संगोष्ठीमा सहभागी भए । यस कार्यक्रमको उद्देश्य हेलिकप्टर सञ्चालनमा सुरक्षा सचेतना र उत्कृष्ट अभ्यासहरूलाई प्रवर्द्धन गर्नु थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को सहयोगमा एयरबस हेलिकप्टरद्वारा आयोजित यो एकदिने संगोष्ठीले नियामक निकाय, सञ्चालनकर्ता र सुरक्षा विज्ञहरूलाई दुर्घटना रोकथाम र डेटा–आधारित सुरक्षा प्रणालीहरूमा विचार–विमर्श गर्ने अवसर प्रदान गर्यो ।
कार्यक्रमको उद्घाटन नेपालस्थित फ्रान्सकी राजदूत ह.ई. भर्जिनी कोर्तेवाल (Virginie Corteval) र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त रूपमा गरे । कार्यक्रममा एयरबस हेलिकप्टरकी हेड अफ एभिएशन सेफ्टी एण्ड क्वालिटी फ्लोरेन्स भेरलुट, हेड अफ लाइट हेलिकप्टर्स प्रोग्राम जेरोम रोनसिन, र दक्षिण एशियाका प्रमुख सनी गुग्लानीले समेत सम्बोधन गरे । “एयरबसमा, सुरक्षा हरेक निर्णयको केन्द्रमा रहन्छ ।
डिजाइन र उत्पादनदेखि लिएर मर्मत, पाइलट तालिम र डेटा विश्लेषणसम्म,” फ्लोरेन्स भेरलुटले बताइन् । “सुरक्षा कुनै स्थिर लक्ष्य होइनस यो एउटा सोच हो, जुन ज्ञान आदानप्रदान र निरन्तर सुधारमार्फत विकसित हुन्छ । यस प्रकारका संगोष्ठीहरूले हाम्रो साझा उद्देश्य हरेक हेलिकप्टर उडानलाई सुरक्षित बनाउने लक्ष्यलाई सुदृढ गर्न मद्दत गर्छन्,” उनले थपिन् ।
दिनभरको कार्यक्रममा सहभागीहरूले एयरबसको विश्वव्यापी सुरक्षा दृष्टिकोण, दुर्घटना तथ्यांक, सुरक्षा व्यवस्थापन प्रणाली (Safety Management Systems) र हेलिकप्टर फ्लाइट डेटा मोनिटरिङ्गबारे सत्रहरूमा भाग लिए । विज्ञहरूले हवाई कार्य सञ्चालन, मर्मत अभ्यास, र उच्च तनावपूर्ण परिस्थितिमा निर्णय लिने प्रक्रियाबारे पनि छलफल गरे ।
कार्यक्रममा नेपाली सञ्चालनकर्ताहरूले आफ्ना अनुभव र उत्कृष्ट अभ्यासहरू पनि साझा गरे ।
संगोष्ठीको समापन आगामी वर्षहरूमा विश्वसनीयता र मर्मत सुधार गर्ने एयरबस हेलिकप्टरको योजनासँग सम्बन्धित सत्रका साथ भयो, जसले उत्पादन सुरक्षामा थप सुधार ल्याउने रोडम्याप प्रस्तुत गर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







