काठमाडौँ । केही महिना अगाडिसम्म भारतीय नम्बर प्लेटका गाडीहरु सिद्धार्थ राजमार्ग हुँदै निरन्तर ओहोरदोहोर भइरहन्थे । पर्यटनको राजधानी पोखरामा पुग्न अधिकांश भारतीय पर्यटकहरुको रोजाइमा यही राजमार्ग पर्दछ तर जेनजी आन्दोलन पछिका केही महिना भारतीय नम्वर प्लेटका सवारीसाधनहरु देख्नै मुस्किल परिरहेको छ ।
दुई महिना पछाडि भारतीय धार्मिक पर्यटकहरु यहि राजमार्ग हुँदै ओहोरदोहोर गर्न थालेका छन् । कालीगण्डकी तटमा चलिरहेको ‘उत्तरगण्डकी महामेला एवम् दामोदर धर्मोत्सव’ मा भारतीय पर्यटकहरुको आकर्षणमा परेको हो । शालग्राम शिला पाइने महामेलामा भारतका विभिन्न स्थानमा धार्मिक पर्यटनहरु आइ रहेका कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारतबाट भक्तजनहरु आउने क्रम बढिरहेको छ, हामी आउँदै छौं भनेर सम्पर्क गर्नेहरुको सङ्ख्या पनि उत्ति छ ।”
गल्याङ नगरपालिका–१ र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल कालीगण्डकी नदीको उत्तरबाहिनी एक महिनादेखि महामेला चलिरहेको छ । जसमा भारतसँगै नेपालका विभिन्न स्थानबाट भक्तजनहरु पुग्ने गरेका छन् ।
उत्तरवाहिनी क्षेत्रको पवित्र भूमिमा, शालग्रामको दिव्य दर्शनसँगै पुण्य कमाउने सुनौलो अवसर भन्दै भक्तजनहरु दर्शन र स्नानका लागि आउने गरेका हुन् । पवित्र उत्तरवाहिनी क्षेत्रमा धर्म, संस्कृति र प्रकृतिको महासंगमको रुपमा रहेकाले यसको प्रवर्धन गरी धार्मिक पर्यटनको विकास गराउने योजनासहित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा महामेला चलिरहेको हो ।
महामेलामा गण्डकी स्नानको महत्त्व र महिमाबारे विशेष प्रवचन, हरेक दिन बिहान–बेलुका भव्य गण्डकी आरती, धार्मिक झाँकी तथा सांस्कृतिक ¥याली, विद्यालय स्तरीय विभिन्न प्रतियोगिता, योग ध्यान तथा साधना विशेष शिविर एवम् बालसंस्कार प्रशिक्षण समेत भइरहेको छ । महामेलामा राष्ट्रिय स्तरका चर्चित भजन गायकहरुको दैनिक भजन प्रस्तुति गर्दै आएका छन् । असोज २१ गतेबाट सुरु भएको महामेला कात्तिक १९ गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







