जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको अद्यावधिक तथ्याङ्क निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार १६६ वटा बीमा दाबीको करिव रू. २३ अर्ब २० करोड ९१ लाख दाबी रकम रहेको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, कूल दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव रू. २ अर्ब १ करोड ९८ लाख बीमितहरूलाई भुक्तानी भइसकेको छ ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७९१ वटा दाबीका लागि सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ६५४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमकहरूबाट प्राप्त भएको छ ।
यसैगरी, नेपाल पुनर्बीमा कम्पनीमा निर्जीवन बीमा कम्पनीहरूबाट कूल २ हजार ७३३ वटा पुनर्बीमा दाबी परेको र पुनर्बीमा दाबी रकम करिव रू. १५ अर्ब ७६ करोड ४३ लाख रहेको जानकारी पुनर्बीमा कम्पनीले दिएको छ । पुनर्बीमा कम्पनीले हालसम्ममा करिव रू. १ अर्ब ६३ करोड ३५ लाख अग्रिम (पेश्की) भुक्तानी निर्जीवन बीमा कम्पनीह्रूलाई दिएको र ६० वटा दाबीको मूल्याङ्कन तथा अनूगमनका लागि संयुक्त बीमा सर्भेयर खटाएको तथ्याङ्क उपलब्ध गराएको छ ।
निर्जीवन बीमाको पोर्टफोलियो अनुसारको बीमा दाबी र भुक्तानीको विद्यमान अवस्था

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल



ट्रेन्डिङ
खबरमुकाम







