जीवन बीमक संघ नेपालले २०८२ भदौ २९ गते (सेप्टेम्बर १४, २०२५) मा काठमाडौंमा सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ ।
सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो । श्री पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् । संघको विधान अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रकाश विक्रम खत्री (सूर्यज्योति लाइफ), सचिवमा नारायण लोहनी (रिलायबल नेपाल), कोषाध्यक्षमा दिनेश लाल श्रेष्ठ (एशियन लाइफ) र सदस्यहरुमा मनोजलाल कर्ण (हिमालयन लाइफ), सुन्दर पन्थी (राष्ट्रिय बीमा संस्थान) र प्रणय कुमार (एलआइसी नेपाल) रहेका छन् ।
संघको नयाँ कार्यसमितिले आफ्नो कार्यकालमा नेपाली बीमा क्षेत्रको विकास, बीमा सचेतना अभियान, जीवन बीमा कर्मचारीहरूको क्षमता अभिवृद्धि एवं हकहित संरक्षण, बीमा सेवाको सर्वसुलभ विस्तार, बीमित हितका विविध कार्यक्रम तथा नीति निर्माण तहमा गर्नु पर्ने प्रभावकारी भूमिकाहरुमा क्रियाशील रहने प्रतिबद्धता जनाएको छ ।
सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रमा देखिएका हालका चुनौतीहरू, सम्भावना र संघको भावी रणनीति बारे छलफल गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
- डाटा सेन्टरको विरोध गर्ने समुदायले ठूलो गल्ती गरिरहेका छन् : ट्रम्प
- आर्थिक संकट गहिरिँदै गएपछि इरानमा इन्धनको मूल्य बढाउने तयारी
- आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी
- सन नेपाल लाइफद्वारा मधेश प्रदेशका एडिएम तथा इमर्जिङ सन क्लब अभिकर्तालाई सम्मान
- कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली
- नेपाल बैंकद्वारा नाडा अटो शो २०२६ लक्षित गर्दै आकर्षक अटो लोन अफर सार्वजनिक
- ‘नाडा अटो शो २०२६’ को स्टल निर्माण तिव्र बन्दैछन् २०० बढी स्टल



ट्रेन्डिङ
खबरमुकाम







