दाङ। दशैंमा नाचिने थारू सखिया नाचको पैयाँ लोप हुँदै गएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेकोम भन्दै थारु अगुवाहरुले त्यसको संरक्षणमा लाग्न आग्रह गरेका छन् । नमुना भ्युह्यार थान तुलसीपुर र थारू कल्याणकारी सभा क्षेत्र नं ३ को संयुक्त आयोजनामा सम्पन्न दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वक्ताहरूले सो आव्हान गरेका हुन् ।
थारू कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले सख्या पैयाँ नाच केवल लोकसंस्कृति मात्र नभई थारू समुदायको अस्तित्वसँग जोडिएको विषय भएकाले यसको संरक्षण गर्न आवश्य रहेको बताए । थारू समुदाय भाषा, साहित्य, तथा लोककला, संस्कृतिमा धनी समुदायको रुपमा चिनिए पनि पछिल्लो समय थारू समुदायको मौलिक कला, संस्कृति संकटमा पर्दैगएको छ, भने । हाम्रा मौलिक कला संस्कृतिको राम्रो पक्षको संरक्षणसँगै प्रवर्धन गर्न उनले जोड दिए।
दशैमा नाचिने सख्या नाच महाभारतको कथासँग सम्बन्धित रहेको उल्लेख गर्दै यसको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित गहिरो अध्ययन र अनुसन्धान गर्न आवश्यक रहेको उनले बताए । दशैमा पच्रा, सम्ह्रौटी, बर्कीमार, सख्या गीत हुन, तर, अहिले यी बिस्तारै लोप भइरहेको छ, यसको अध्ययन अनुसन्धानसँगै नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक छ, उनले भने।
नमुना भ्युह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले थारू समुदायले आफ्नै भाषा, कला र संस्कृति जोगाउन स्वयं अग्रसर हुनुपर्ने बताए। हाम्रो भाषा, कला संस्कृति बचाइदेला भनेर आशा गर्नु व्यर्थ छ उनले भने । हामी सचेत भएनौं भने अबको ८- १० वर्षभित्र सख्या नाच लोप हुने अवस्थामा पुग्छ, उनको भनाइ छ ।
थारू कल्याणकारिणी सभा क्षेत्र नं ३ का अध्यक्ष मोहन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य रामबहादुर दहित, बुद्धिजीवी श्रमलाल चौधरी, स्वास्थ्यकर्मी जिवराज चौधरी, थारु अगुवा सुन्दरप्रसाद चौधरी, केबी चौधरी लगायतले आ–आफ्नो शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा थारु भाषा तथा सांस्कृतिक अभियन्ता रोहित चौधरीले थारु समुदायको डस्या पर्वबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी, बुझौना चौधरी, छोटीराम चौधरी, सत्यनारायण चौधरीले परम्परागत बर्कीमार र सम्ह्रौटी गीत प्रस्तुत गर्नुभयो । कार्यक्रमा तुलसीपुर –६, बरुवागाउँका कलाकारहरूले सख्या पैयाँ नाच प्रस्तुत गरेका थिए। कार्यक्रमको सहजीकरण भ्युह्यार थानका सचिव नारायण चौधरीले गरेका थिए।
सन्तोष दहित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






