संविधान घोषणाको दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा नेपाल सरकारले २०८२ असोज ३ गते विशेष रुपमा मनाउन लागेको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ हो । सो अफर २०८२ असोज २ गतेदेखि असोज ४ गतेसम्म लागु हुनेछ ।
यस अन्तर्गत ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।
यसैगरी डाटा प्याकेज अन्तर्गत १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।
यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले फेस्टिभ कम्बो प्याकेज वा ३० जीबी डाटा प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा समेत उपलब्ध छ ।
आगामी असोज २ गतेदेखि असोज ४ गतेसम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञण्३ डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







