यस विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंकलाई अत्यन्तै मर्माहत बनाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गर्दछौँ ।
साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।उक्त घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षति प्रति बैंक गहिरो दुःख प्रकट गर्दछ ।
साथै शुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।
यस बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ्ग सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सकिनेछ । साथै बैंकको लेकसाइड पोखरा शाखा बाहेक अन्य सम्पुर्ण १०२ शाखा कार्यालयहरु पुर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको तथा बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराईन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






