सानिमा बैंकले ग्राहकहरुका लागि बडा दशैंको अवसरमा दराजसंग दशैं धमाका योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।
योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु १,०००/- सम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् रु १,५००/- सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ ।
यो योजना २०८२ भाद्र २४ देखि आश्विन ७ गतेसम्मका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट fO6 https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







