काठमाडौं । नेपाल नगरपालिका संघका अध्यक्ष तथा धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाले स्थानीय तह भनेर संविधानमा कतै नलेखिएकाले यसलाई सरकारकै रुपमा हेर्नुपर्ने बताएका छन् ।
राजधानीमा आयोजित अप्सरा गौतमद्वारा प्रकाशित ‘गाउँगाउँमा सिंहदरबार’ पुस्तकको विमोचन समारोहमा विशिष्ठ अतिथिको रुपमा बोल्दै ढुंगानाले कानुनमा नै स्थानीय सरकार संचालन ऐनं २०७४ भनिएकाले स्थानीय सरकारलाई पनि सरकारकै रुपमा बुझिदिन आग्रह गरे । उनले स्थानीय तहलाई धेरै अधिकार दिएको भए पनि बजेट अभावमा कतिपय काम गर्न नसकिने अवस्था रहेको भन्दै संघ र प्रदेश सरकारले स्थानीय तहलाई अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिए । पुस्तकमा आफ्नो लेखसमेत समावेश गरेका उनले सबैको मानसिकतामा परिवर्तन नआउञ्जेल गाउँगाउँमा सिंहदरबारको नारा कार्यान्वयन हुन नसक्ने बताए । उनले संविधानमा केही कुरा सच्याउनुपर्नेमा जोड दिए ।
उनले संविधानमा उल्लेख गरिएका अधिकारबीच विवाद हुँदा केही समस्या आएको बताए । उनले सबै सरकारले आफ्नोमात्रै अधिकार प्रयोग गर्न सुझाव दिए । उनले एउटै विषयलाई पनि संविधानमा धेरै ठाउँमा समावेश गरिएकाले पनि अधिकार कसको हो भन्ने अन्यौल भएको बताए । उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य बनाउने नीति लिएर काम गरेकोमा प्रशंसा गरे । उनले कोरोना महामारीको समयमा स्थानीय तहले खेलेको भूमिकालाई सम्झिन पनि सबैलाई आग्रह गरे ।
प्रदेशका मुख्यमन्त्री, सभामुख, प्रदेश प्रमुख, संविधानविद्, पूर्वमन्त्री, पत्रकार, संघीयताविद्, सांसद र विषयविज्ञ गरी ३३ जनाको लेख यस पुस्तकमा प्रकाशित गरिएको छ । ३ सय पृष्ठको पुस्तकले तीनै तहको सरकारको विषयवस्तु समेटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कर्णाली समृद्ध छः समस्या राज्यको दृष्टिकोण र पूर्वाधारको अभावमा छः माधवप्रसाद चौलागाईं
- ओटीएम मुम्बई २०२६ : भारतको मञ्चबाट विश्वभरका पर्यटकलाई नेपाल घुम्न निम्तो
- सिटिजन्स बैंकद्वारा "MAN–Citizens Aspiring Manager Award" पुरस्कार वितरण
- सानिमा रिलायन्सलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
- कोशी प्रदेश पयर्टन वर्ष २०८२ ले उघार्दैछ कोशीको पर्यटनको नयाँ क्षितिज
- पर्यटन भनेकै ‘तामझाम’ हो, हल्ला नगरी पर्यटक आउँदैनन्– भविषकुमार श्रेष्ठ
- प्रादेशिक ललितकला प्रदर्शनी सुरु
- नेपाल लाइफद्वारा इसेवासंगको सहकार्यमा “सुपर टर्म लाइफ इन्स्योरेन्स” सार्वजनिक


ट्रेन्डिङ
खबरमुकाम





