एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट प्राप्त गनछन् । एनएमबि बैंक र बुटवल स्थित बुटवल हस्पिटल प्रा.लि. बीच सम्पन्न भएको सम्झौता बमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।
सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न ।
हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/ इसिजि/ इको/ एक्सरे, फिजियोथेरापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/ परिवार र ग्राहकले ५% देखि १५% सम्म छुट पाउनेछन् ।
सम्झौताले बैंक कर्मचारी/ परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटल प्रा. लि. का अध्यक्ष चुन्नु प्रसाद पौडेलले संयुक्त रूपमा हस्ताक्षर गरका छन् ।
छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीको लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, कर्पोरेट पे, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्नेछ ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






