एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका ग्राहक महानुभावहरुले OPD, Pathology, X-Ray, USG, Endoscopy, Colonoscopy, Normal Bed, HDU Bed/ICU, A/C Cabin, Surgery, Medicine, CT Scan जस्ता सेवाहरुमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।
उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
अर्जुन राज खनिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







