काठमाडौँ । कवि एवम् गजलकार महेश दोस्ताजको शब्द रचनामा सजिएको गीत ‘यो पागल दुनियाँ’ सार्वजनिक भएको छ।
गीतमा नेपाल आइडल सिजन- २ बाट आफ्नो छुट्टै छवि बनाएका गायक रवि शर्माको स्वर रहेको छ। संगीत संयोजन पुश्कर खत्रीले गरेका छन् भने रेकर्डिङ रियाज प्रोडक्सन स्टुडियोमा भएको हो । मिक्सिङ तथा मास्टरिङ साजन शाहले गरेका हुन् ।
गीतको भिडियो निर्देशक विकाश प्रसाईले निर्देशन गरेका छन् । भिडियोमा ईश्वरी बराल र सञ्जय ढुंगानासहित कृष्ण घिमिरे, कुशल घिमिरे, यज्ञनिधि शर्मा, सुलभ शर्मा र सुनिल शर्माको अभिनय रहेको छ ।
सुमन गहतराजको सिनेमाटोग्राफी रहेको यस गीतमा सम्पादन र कथा संरचना प्रसाईंकै रहेको छ । रङ्ग संयोजनमा कल्पेश विश्वकर्माले कलात्मकता देखाएका छन् ।
निर्माणमा वर्षा सिंह ठकुरी, गोविन्द खड्का र बाबु कृष्ण प्रसाई निर्माताको रूपमा संलग्न छन् भने प्रविन आचार्य सहनिर्माता रहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
राजेन्द्र चौलागाईं





