काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्ने अवस्थाको अन्त्य होस् भनेरै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको बताएका छन् ।
शीतल निवासमा शुक्रबार आयोजित तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधान, ऐन र नियमावलीमा महिला सम्बन्धमा धेरै हक अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा हामीले ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए ।
राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्ध्दन र निरन्तरतामा लागिरहनुपर्ने बताए ।
विगतका दिनमा असार साउनमा खेतीपातीमा व्यस्त रहने महिलाहरू भदौ महिनामा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर यो चाड मनाउने गरेको स्मरण गरे ।
उनले भने, ‘‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहार्तनका विषयमा गीतको माध्यमद्वारा आफ्नो वेदना पोख्दथे ।’’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





