माल्टा । हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताएका छन्।
एनआरएनए माल्टा तथा तामाङ समाज माल्टाद्वारा संयुक्तरुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने बताए।
मुलुकमा छिटो भन्दा छिटो आर्थिक परिवर्तन गर्न र विदेशिएका नेपालीलाई नेपाल फर्काउन पनि नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक भएको उनले बताए ।
उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडी बढ्न नसक्ने निर्क्यौलमा आफु पुगेको बताए।
- अहिले देशभरि झन्डै हरेक नेपालीको घरमा बत्तीको उज्यालो पुगेको छ। तर बत्तीको उज्यालोले मात्रै पुग्दैन, देशभित्र हरेक सेक्टर उज्यालो हुनुपर्यो। सुशासन कायम गर्न, देशभित्रै रोजगारी सिर्जना गर्न र नेपालको समृद्धिको खाका कोर्नका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको हो घिसिङले भने। उनले विभिन्न पार्टी भित्र रहेका, पार्टी बाहिर रहेका, स्वदेश वा विदेशमा रहेका सबै मिलेर नेपालमा राम्रो नेतृत्व जन्माउनु पर्ने बताए।
- अहिलेको लिडरशिप सच्चिनु पर्छ, सच्चिएन भने पार्टी भित्र वा बाहिरबाट पनि लिडरशिप आउनु पर्छ उनले भने।
- राइट म्यान इन राइट प्लेस एट द राइट टाइमु नभए सम्म प्रगति हुन सक्दैन, उनले भने।
उनले प्रवासमा बसेर पनि नेपालको रुपान्तरणको लागि मैले के गर्न सक्छु भनेर सोच्न आग्रह गरे। नेपालमा परिवर्तनका लागि तपाईंको भूमिका महत्वपूर्ण छ उनले भने।
केही गरौँ भन्नेहरुलाई निरुत्साहित गर्ने, त्यहाँबाट लखेट्न खोज्ने प्रवृत्तिले आम जनसमुदायमा निराशा जन्माउछ भन्दै घिसिङले विरोधको नाममा विरोध हैन, साच्चिकै परिवर्तनका लागि अगाडी बढन आह्वान गरे।
समय आउँछ, त्यो समयलाई प्रयोग गर्नु पर्छ। निरन्तर हामी देश विदेशमा अभियान चलाई रहेका छौं। यो सबैलाई जोड्ने अभियान हो। बाँकी जीवन देशको लागि लगाउने भनेर म लागेको छु। यो अभियानमा साथ दिनु होस् उनले भने।
उनले सर्वोच्च अदालतले विदेशमा कार्यरत नेपालीलाई पनि मतदान गर्न दिन निर्देशन दिइसकेकाले जति सक्दो चाडो कानून बनाउनु पर्ने बताए। यसलाई सकेसम्म चाडो कार्यान्वयन गर्न जोड दिने छौं, यसमा यहाँहरु सबैको साथ आवश्यक छ उनले भने।
कार्यक्रमको सभापतित्व गरिरहेका एनआरएनए एनसीसी माल्टाका अध्यक्ष रेम्स खनालले असली नेतृत्व भनेको केवल समस्या देख्नु मात्र होइन, त्यसको समाधानको बाटो पनि देखाउन सक्नु हो भन्दै मुलुकलाई लोडशेडिंग मुक्त गरी बिजुली निर्यातसम्म पुराएर घिसिङले नेपाल र नेपालीको ठूलो सेवा गरेको बताए। उनले कर्मयोगी कुलमानले बोकेको परिकल्पना अझ सफल बनोस्, सशक्त बनोस् र सम्पूर्ण नेपाली समुदायलाई प्रेरणा दिइरहोस् भन्ने शुभकामना दिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने माल्टा तथा गोजोमा बसोबास गर्ने नेपाली डायस्पोरालाई धन्यवाद पनि दिए ।
कार्यक्रममा एनआरएनए माल्टा तथा नेपाली संघसंस्थाहरुको तर्फबाट घिसिङलाई सम्मान गर्नुका साथै विशेष कदर पत्र पनि प्रदान गरिएको थियो। त्यस्तै नेपाली समुदायको शान बढाउँदै बरिस्ता अफ दि इयर कन्ट्री च्याम्पियन २०२५ हासिल गरेकी सुश्री सावित्री तामाङलाई पनि यस कार्यक्रम मार्फत विशेष सम्मान पत्र अर्पण गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







