काठमाडौँ । आशान्त शर्मा निर्देशित फिल्म ताराहरुको बुधबार राजधानीमा प्रिमियर शो गरिएको छ । कलाकार, लेखक, समाजसेवीलगायतको सहभागिता रहेको शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ ।
फिल्मको प्रिमियर सकिएलगत्तै कलाकार कर्मा शाक्यले फिल्म सकिएलगत्तै भाइ कुन्दुनलाई अँगालो हालेर कामको प्रशंसा गरे । उनले निर्देशक शर्माले फिल्मलाई जसरी निर्माण गरे त्यसको सराहना गर्दै फिल्मको कथाले आफूलाई एकदमै छोएको बताए ।
यस्तै लुनिभा तुलाधरले सामान्य मान्छेको कथालाई सशक्त रुपमा पर्दामा उतारिएको बताइन् । उनले भनिन्, ‘सबैभन्दा मन परेको मेन्टल हेल्थको कुरा गर्छ । त्यसको आवश्यक छ । काठमाडौँजस्तो शहरमा सबै कुरा छिटो भैरहेको छ । इन्टरनेट र मिडियाबाट मानिसहरु यसरी प्रभावित भैरहेका छन् कि त्यसले उनीहरुको मेन्टल हेल्थमा समस्या पारिरहेको छ । सामाजिक सञ्जालमा हेरेर रातारात आफूसँग नभएको इच्छा आकांक्षा राख्छन्, त्यस्तो अवस्थामा यो एकदमै रिलेटेड फिल्म हो । यसले हँसाउँछ पनि रुवाउँछ पनि, मलाई एकदमै मन पर्यो ।’
यस्तै कलाकार हेना नगरकोटीले फिल्म हेरेपछि त्यहाँ भएका पात्रका रुपमा आफूलाई पनि काम गर्न मन लागेको बताइन् । ‘आजकल ठूला बजेट र प्रचार–प्रसार भएका फिल्महरूले मात्र ध्यान पाउँछन् । तर कहिलेकाहीँ वास्तविक कला यस्ता साधारण तर गहिरो सिर्जनामा पाइन्छ- जसलाई हेर्दा दर्शकको मन छुन्छ,’ उनले भनिन्, ‘यति राम्रो कामलाई अझ धेरै मौका मिल्नु पर्छ भन्ने मेरो प्रबल चाहना हो । यदि दर्शकहरूले तडकभडक, डान्स गाना, हिरोको फाइट मात्र खोज्ने होइन, बरु आफ्नो जीवनलाई ऐनामा हेरेझैँ आत्मनिरीक्षण गर्दै हेर्ने फिल्म रोज्ने हो भने ताराहरु साँच्चै उत्कृष्ट चलचित्र हो ।’

यसैगरी कलाकार इस्टु कार्कीले फिल्म एकदमै रिलेटेड लागेको बताइन् । उनले भनिन्, ‘फिल्मले नोस्टाल्जिक बनायो । आफूलाई अगाडि बढ्नका लागि मोटिभेट गरेको छ । साँच्चै फिल्म एकदमै उत्कृष्ट बनेको छ ।’
निर्देशनसँगै यसपटक एउटा नाटकलाई नै ठूलो पर्दामा ल्याएको बताए । रंगमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनले बताए ।
किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र ‘ताराहरू’ मा आत्महत्याको मार्गमा हिँडेको एक युवक साथीहरुको साथबाट कसरी जीवन जिउनपर्छ भन्ने स्थितिमा फर्कन्छ भन्ने मूल विषय नै फिल्मको कथा हो ।
चलचित्रमा शर्मासँगै मेनुका प्रधान, कुन्दुन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







