म्याग्दी। बेनीमा परम्परागत रुपमा देखाउँदै आएको घोडा नाच प्रदर्शन गरिएको छ । नेवार समुदाका युवाहरुको सक्रियतामा बर्खेनाच अन्तर्गत मंगलबार घोडा नाच प्रदर्शन गरेका हुन् ।
नेवारी समुदायको सांस्कृतिक पहिचानका रुपमा घोडा नाचलाई लिने गरिन्छ ।नेपाल भाषा मंकाःखलः अन्तर्गतको ल्याम्हः पुचःमा आवद्ध भएका युवाहरुको सक्रियतामा घोडा नाच प्रदर्शन गरिएको अध्यक्ष जेनेश श्रेष्ठले बताए ।
उनले भने, ‘‘बेनीमा घोडा नाच नेवार समुदायको मौलिक संस्कृतिका रुपमा रहेको छ । सांस्कृतिक पहिचानको रुपमा रहेको घोडा नाचको संरक्षण र पुस्तान्तरणका लागि हामीले नाच प्रदर्शन गर्दै आएका छौं ।’’
एकजना घोडाको भेषमा र अर्को एकजना गोठालो भएर संगीतको तालमा यो नाच नाच्ने गरिन्छ । बजारमा घोडा नाच देखाएपछि हेर्नेको निकै भिड लाग्ने गर्दछ । घोडा नाच देखाउँदै बजार परिक्रमा गर्ने प्रचलन छ । हरितालिका तीजसम्म नेवारी समुदायका मौलिक नाचहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको ल्याम्हः पुचःका अध्यक्ष श्रेष्ठले बताए ।
ठाकुरप्रसाद आचार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






