काठमाडौं । यसपालिको नाडाअटोशो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ। फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान,TM1 र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्।
यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन्।
चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुनेछन्। TM1 कोमूल्य रु.३३,७४,००० बाट घटाएर रु.२६,९९,००० गरिएको छ।त्यस्तै, माउन्टेन ईभी र सोकोनईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्। फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा यात अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्नेछ।
नाडामा फोटोन माउन्टेन ईभी, फोटोन TM1 वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्सग्यारेन्टीका साथ प्राप्त हुनेछ।साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसलेगर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन्।
यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोनटुनल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटीस्पा एक्सपिरियन्स वा भाटभटेनीको रु.२५,०००को शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस (PMS) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ।
माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म निःशुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोनईभीभ्यान ले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।
यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्।
नाडा अटोशो २०२५मा गएर फोटोनको स्टल A7 मा टुनल्यान्ड पिकअप, स्टल J4 मा फोटोन माउन्टेन ईभी र TM1 एवम्स्टल J6 मा गए र सोकोन ईभीभ्यानको अवलोकन गर्नुहोस्। विभिन्न मोडेलहरू हेर्दै विशेष छुटको फाइदा उठाउनुहोस्र लिमिटेड टाइम अफर हरू उपयोग गरेर आफ्नो ड्राइभ अनुभवलाई अझै उत्कृष्ट बनाउनुहोस्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







