सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोलेकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनले संरक्षक राखेका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराइएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बिमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





