आई. एम. ई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रगतदान, जीवनदानू भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्काले भने- 'स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार मान्दै रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व हो ।'
नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे ।
कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीको शानदार प्रदर्शन, सरकारी प्रोत्साहन भने खोइ ?
- रसुवा बाढी प्रभावित क्षेत्र तीन महिनाका लागि विपद् सङ्कटग्रस्त घोषणा
- रसुवा बाढी प्रभावितप्रति नाइमाको दुःख व्यक्त
- रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय
- रसुवागढी बाढी प्रभावितलाई नेपाल टेलिकमको निःशुल्क सेवा
- नेपाल टेलिकमले ल्यायो आउटबाउन्ड आईभीआर सेवा
- सामसङका ग्यालेक्सी जेड फोल्ड८ र फ्लिप८सहित नयाँ स्मार्टवाच नेपालमा उपलब्ध
- नाडा अटो शोको पहिलो दिन ३० हजारभन्दा बढी दर्शक



ट्रेन्डिङ
खबरमुकाम







