पर्वतीय पर्यटन व्यवसायीको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए) मा कुलबहादुर गुरुङ समूहले उम्मेदवारी घोषणा गरेको छ । गुरुङ समूहले आज पत्रकार सम्मेलन गरी सङ्घको आगामी भदौ ७ गते काठमाडौँमा हुन लागेको महाधिवेशनका लागि आफ्नो समूहको उम्मेदवारी घोषणा गरेको हो । धादिङ रुवीभ्यालीका गुरुङ विगत ३३ वर्षदेखि पर्वतीय पर्यटन व्यवसायमा आवद्ध छन् । उनले यसअघि एनएमएको महासचिव भएर काम गरिसकेका छन् ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्ष मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिव विमलकुमार नहर्की, सचिव डीमा डिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन् ।
यस्तै, सदस्यमा पुष्कर शाह, बलबहादुर सुयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा, गिता राई र अशोक तामाङले उम्मेदवारी दिएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार गुरुङले सुरक्षित, जिम्मेवार दिगो हिमाली पर्यटनको विकासलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए । उनले जलवायु परिवर्तनका कारण हिमालमा परेको असरलाई विश्वमाझ ध्यानाकर्षण गराउने उल्लेख गरे ।
उनले हिमालसँग सम्बन्धीत स्थानीय उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, नयाँ पुस्तालाई पर्वतीय तालिम प्रदान गर्ने, संस्थागत पारदर्शीता कायम राख्ने बताए । यस्तै, वार्षिक रुपमा अन्तर्राष्ट्रिय हिमाल महोत्सव आयोजना गर्ने, विश्व मञ्चमा नेपालको हिमाल ‘ब्राण्डिङ’ गर्ने, लगायतका कार्यक्रम आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताए । उक्त समूहलाई विजयको शुभकामना दिँदै नेकपा एमालेका स्थायी समिति सदस्य एवम् कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले जलवायु परिवर्तनका कारण हिमाल जोगाउन कठिन भइरहेको अवस्थामा अहिलेको मुख्य मुद्दा हिमालको संरक्षण भएको बताए ।
उनले वर्तमान बन्दै गरेको पर्यटन नीतिले नेपालको पर्यटन क्षेत्रत्रको समस्या समाधान नहुने उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य एवम् पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले नेपालको पर्वतारोहण क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने नेतृत्व पर्वतारोहण सङ्घमा आवश्यक रहेकाले उक्त कार्य गुरुङ समूहको नेतृत्वबाट सम्भव हुने बताए।
नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वमन्त्री रचना खड्का, कांग्रेसका नेता एवम् ट्रेकिङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेश धमला, नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष सन्तविर लामालगायतले मुलुकको अर्थतन्त्रको मेरुदण्ड पर्यटन क्षेत्र भएकाले यसलाई जोगाउन जरुरी रहेको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







