राम, सीता, लक्ष्मण, कृष्ण, राधा र हुनमान लगायतको भेषमा सजिएको शोभायात्रा । बागलुङमा संरक्षित बास्सा नाच प्रदर्शन गर्न अन्य नाचजस्तो सरल र सहज छैन । तर वर्षेनी गाइजात्राको दिन बास्सा नाच देखाइने गरिएको छ। कलाकारलाई तालिम, भेषभूषा, नृत्य तथा गीत रचनाका लागि निकै खर्च लाग्ने बास्सा नाच बागलुङका नेवार समुदायले भने जोगाएर राखेका छन् । झण्डै सय वर्ष पुरानो नाच सदस्यको देहान्तमा शोकमा डुबेकालाई मुक्ति दिलाउन गाइजात्राको दिन निकाल्ने एउटा फरक संस्कृतिको रुपमा रहेको छ । बास्सा नाच अन्यत्र हराइसके पनि बागलुङमा संरक्षण गरेर राखिएको छ ।
बास्सा नाच लोप हुन सक्ने भन्दै बास्सा नाचलाई संस्थागत समेत गरेर राधाकृष्ण मन्दिर परिसरबाट पाँच वर्ष यता बास्सा नाच निकाल्न थालिएको छ । एक वर्षभित्र मृतकको परिवारको घरबाट शोकलाई शक्तिमा बदल्न निकाल्ने बास्सा नाच अहिले सामूहिक रुपमा निकाल्न थालिएको छ ।
खर्च गर्न सक्ने परिवारले छुट्टै बास्सा नाच समेत देखाउन सक्नेछन् । राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेश राजभण्डारीले खर्चिलो नाच भएकाले एउटै परिवारले बास्सा नाच देखाउन नसक्दा पाँच वर्ष यता मन्दिरबाट सामूहिक रुपमा बास्सा नाच देखाउने गरिएको बताए । “सय वर्ष पुरानो बास्सा नाच संकटमा पुग्ने देखियो, सक्ने परिवारका सदस्यको मृत्यु हुँदा निकाल्ने तर नसक्नेले निकाल्ने कुरै भएन, बास्सा नाच संरक्षणमा चुनौती थपियो” राजभण्डारीले भने “वर्षभरी मृत्यु भएका सबै सदस्यको सम्झनामा एकमुष्ट संस्थागत रुपमा बास्सा नाच निकाल्दा बास्सा नाचले निरन्तरता पाउने र संस्कृतिको संरक्षण हुँने देखिएपछि राधाकृष्ण मन्दिरबाट बास्सा नाच निकाल्न थालियो ।”
वरिवष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले बास्सा नाच धनाढ्यले मात्र निकाल्न सक्ने नाच भएकाले संरक्षणका लागि संस्थागत गर्दा नाचले निरन्तरता पाएको बताउँछन् । “नेवारी समुदायको एउटै आयस्तर छैन, सक्नेले मात्र निकाल्ने परम्पराले नाचको निरन्तरता भएन, कहिले पाँच वर्षमा त कहिले नौ वर्षमा मात्रै नाच प्रदर्शनमा आयो, मृतकको नाममा गीत लेखेर, कलाकारलाई तालिम दिएर, विभिन्न भगवानको भेषमा उतार्नु निकै चुनौतीपूर्ण हो” श्रेष्ठले भने “सक्ने परिवारले छुट्टै बास्सा नाच देखाउन सक्ने भयो, आफ्ना सदस्यको नाममा, तर संस्थागत रुपमा एउटै बास्सा नाच देखाउन पाँच वर्षदेखि निरन्तर भएको छ ।”
दिवंगतको जीवनगाथालाई समेटिएर गीत समेत सृजना गर्ने परम्परा बास्सा नाचमा छ । नेवारी समुदायमा गाईजात्राका दिन वर्ष दिनभित्र दिवंगत भएका व्यक्तिको घरबाट बास्सा नाच निकाल्ने परम्परा हराउन थालेपछि संस्थागत रुपमा निकाल्न थालिएको हो । राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई शोकबाट बाहिर ल्याउन बास्सा नाचको चलन बसालेको र स्थानीय नेवार समुदायले संस्कृतिको रुपमा संरक्षण गरेको स्थानीय नेवार समुदायका बुढापाका बताउँछन् ।
बागलुङमा पहिलो पटक विसं १९८३ मा बास्सा नाच देखाइएको थियो । त्यसयता उक्त नाच र परम्परा संरक्षण गरेर राखिएको छ । नेवारी संस्कृतिमा ऐतिहासिक महत्व राख्ने उक्त नाचमा राम,कृष्ण र विष्णुलीला झल्काउने शोभायात्रा पनि गर्ने गरिन्छ । कलाकारलाई राम, सीता, लक्ष्मण, कृष्ण, राधा, हुनमानलगायत भगवानको भेषमा सजाएर शोभायात्रा निकालिन्छ । आइतबार नै नेवार समुदायका आठ घरबाट तायाःमचा निकालिएको थियो । वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झनामा तायामचाः प्रदर्शन गरिन्छ । तायामचाः पनि बर्सेनि गाईजात्राकै दिन निकाल्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






