काठमाडौं । थारु समुदायले यो वर्षको अट्वारी पर्व भदौै ८ गते मनाउने भएका छन् । कृष्ण जन्माअष्टमी (अष्टिम्की) पछिको पहिलो आइतबार अर्थात शुक्ल पक्षको पहिलो आइतबार थारु समुदायले अट्वारी मनाउने प्रचन रहँदै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते पर्न गएको थारु अगुवाहरुले बताए । अष्टिम्कीपछिको एक अठ्वार (एकसाता) पछि पर्ने अर्थात पहिलो आइतबारलाई थारु समुदायले पहिलादेखि अट्वारी मान्दै आएकाले यस वर्षको अट्वारी भदौ ८ गते परेको थारु संस्कृतिविद अशोक थारुले बताए। ‘‘थारु समुदायको चाडपर्वमा तिथी मिति उल्लेख गरिएको छैन,’’ उनले भने, ‘‘पहिलाका पुर्खाहरुले अष्टिम्की पवको एक सातापछि (एक अठ्वार) पछिको आइतबार अट्वारी मनाइँदै आउनुभएको थियो, अहिले पनि त्यहि नै हो ।’’ थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य एवम् दाङका पूर्व अध्यक्ष समेत रहेका भुवन चौधरीले पनि खास अट्वारी भदौ ८ गते अट्वारी भएको बताए । उनले अष्टिमीको पछि कस अमाउस (कुशे औंसी) को पहिलो आइतबारलाई अट्वारी मनाउने पहिलाको प्रचलन भएकाले सोही आधारमा भदौ ८ गते अट्वारी पर्व पर्न गएको बताए । थारु समुदायको पुरुषहरुले विशेष रुपमा अट्वारी मनाउने गर्दछन् । दाजुभाइहरुले अट्वारीको अवसरमा दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभरी व्रत बसी बेलुकी ५ बजेतिर भीमको पूजा गर्ने गर्दछन् ।
सुदूरपश्चिम प्रदेशले पनि भदौ ८ गते अट्वारीको सार्वजनिक बिदा दिएको छ । यसअघि भदौ १५ गते विदा दिइने भनि उल्लेख भए पनि अट्वारी एका साता अगाडि परेकाले प्रदेश सरकारले बिदा संशोधन गरेर भदौ ८ गते बिदा दिएको हो । लुम्बिनी प्रदेशले पनि हरेक वर्ष अट्वारीमा थारु समुदायलाई एक दिन सार्वजनिक बिदा दिँदै आएको छ । सोही आधारमा लुम्बिनी प्रदेशले पनि भदौ ८ गते बिदा दिने तयारी गरेको छ । लुम्बिनीको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशका सुर्खेत जिल्लामा बस्ने थारु समुदायले विशेष रुपमा अट्वारी मनाउने गर्दछन । अट्वारीमा गहुँ, चामल र अनदी चामलको पिठोको विभिन्न थरिथरिका रोटीको परिकार बनाएर र फलफुल सहित खाने गर्दछन् । आफुले खानु अगाडि भीमको नाममा अग्नीमा गहु, चामलको रोटी, फलफुल चढाएर जलले पूजापाठ गर्ने र आफ्नो भागमा रहेको केही भाग आफ्ना दिदी वहिनीहरुको लागि निकाले बल्ल खाने चलन छ ।
त्यस्तै अट्वारीको दोस्रो दिन पनि पहिला दिन जस्तै भात, तरकारीहरु मुछेर अग्नीमा चढाउने मोही र जलले पुजाअर्चना गरिसकेपछि आफ्नो भागबाट दिदीबहिनीलाई छुत्याएर ब्रतालुहरुले खाने गर्दछन् । ब्रतालुहरुले आफ्नो भागबाट निकालेको रोटी, फलफुल तथा अन्य परिकारसहित आफ्नो दिदीबहिनीहरुलाई अग्रासन (कोसेली) को रुपमा दिने गर्छन् । जलाई थारु समुदायमा अग्रासन भन्ने गर्छन् ।
अट्वारी पर्व मनाउने एउटा ऐतिहासिक घटनासँग जोडिएको थारु अगुवाहरु बताउ छन् । लेखक एवम् साहित्यकार छविलाल कोपिलाको अनुसार प्राचिनकालमा दाङका थारु दंगिशरण राजा र पाँच पाण्डव मध्ये भीमसँग सम्बन्धी रहेको छ । महाभारतका पाँच पाण्डव र दाङक थारु राजा दंगिशरणबिच लामो घनिष्ट थियो । यहि बिचमा पाँच पाण्डव र दौपदी सबैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका थिए । त्यहि क्रममा दंगिशरण राजाको दरबारमा सत्रुहरुले आक्रणम गर्न लागेको थाहापाएपछि भीमले आफुले खानको लागि तावामा पकाउदै गरेको रोटी छोडेर भीमले भाखै पेटमा दंगिशरणको पक्षमा लड्न आए । र दंगिशरणको पक्षमा लड्न आएका भीमले विजयी हासिल गरेका थिए । संयोगवस उक्त घट्ना आइबार परेको थियो । त्यहि मान्यता र विश्वासको आधारमा भीम जस्तै बलियो भइन्छ भनेर थारु समुदायले अट्वारी पर्व मनाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






