विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा ३७ जना कलाकारको सहभागितामा “अष्टिम्की चित्रकला कार्यशाला” को आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा लोककला विभाग र अग्रासन थारु महिला समाजले थारु लोक कलाको प्रवद्र्धनका लागि संयुक्त रुपमा कार्यशाला आयोजना गरेको हो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको विश्व आदिवासी दिवसका सन्दर्भमा आयोजित अष्टिम्की चित्रकला कार्यशालाबाट थारु लोक जीवनमा पुस्तान्तरण हुँदैआएको लोककलाको प्रचार, प्रचार र संरक्षणमा योगदान पुग्ने बताए ।
उनले भने, “लोककलाभित्र सम्वन्धित जातिको जीवनशैली, भाव, जातीय पहिचान भेटिन्छ, लोक कलासम्बन्धी कार्यशालाहरू क्रमवद्ध ढङ्गले आयोजना गर्दै देशभरकै लोकलाको प्रवद्र्धन गर्नुपर्छ, जसले देशकै समृद्धिमा योगदान पुग्छ ।”
उनले लोककला लगायत सांस्कृतिक सम्पदालाई सूचीकृत गर्दै जानुपर्नेमा पनि जोड दिए । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले ‘अष्टिम्की चित्रकला र थारु आदिवासी ज्ञान’ विषयक कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली जनजीवन, जीवनपद्धतिसँग जोडिएर नेपालमा विभिन्न संस्कृति, लोककला र ज्ञान विकसित भएको बताए।
उनले लोककलालाई सांस्कृतिक रुपमा मात्र होइन, आर्थिक सशक्तिकरणसँग जोड्दै लोककलाको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न सके आयआर्जन हुने बताए । वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले नेपाली पहिचानलाई जीवन्त बनाउन थारु लोककलाको महत्वपूर्ण भूमिका रहेको बताए।
विभाग प्रमुख अधिकारीले अग्रासन थारु महिला समाज, कामठमाडौँसँग मिलेर आयोजना गरिएको थारु लोककलाको संरक्षण, संवर्धन र प्रचार–प्रसारका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
अग्रासन थारु महिला समाज, कामठमाडौँकी अध्यक्ष चम्पाकली चौधरीले थारु समुदायका महिलाहरूले मनाउने अष्टिम्की पर्वको महत्वका विषयमा चर्चा गर्दै यसको पुस्तान्तरण र संरक्षणका लागि प्रतिष्ठानसँग मिलेर कार्यशाला गर्न पाउँदा खुसी लागेको बताइन् ।
कार्यक्रममा शत्रुघन चौधरीले ‘अष्टिम्की चित्रकला र थारु आदिवासी ज्ञान’ विषयक कार्यपत्र प्रस्तुत गर्र्दै थारु लोककला अष्टिम्कीको महत्व, प्रकृति र मानवजीवनसँग त्यसको सम्बन्ध र थारु आदिवासी ज्ञानका विषयमा आफ्ना विचार राखेका थिए । कार्यशालामा कलाकार विष्णुप्रसाद चौधरीले प्रशिक्षण दिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






