काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब बढी खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आवको चौथौ त्रैमाससम्मको वित्तीय विवरण अनुसार सिद्धार्थ बैंकको ३ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
बैंकले अघिल्लो आव २०८०/८१ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बैंकले २०.२४ प्रतिशत खुद नाफा बढाउँन सफल भएको हो ।
विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ रहेको थियो ।
चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ रहेको सिद्धार्थ बैंक लिमिटेडले समिक्षा वर्षमा लगानीकर्ताहरुलाई १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता सृजना गरेको विवरणबाट थाहा पाउँन सकिन्छ ।
बैंकले गत वर्ष थप १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानी प्रोभिजनिङ गरेको छ भने बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेको छ । अघिल्लो आवमा बैंकको खराब कर्जा २.१७ प्रतिशत थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४४ करोड रुपैयाँ, खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ६४ करोड रुपैयाँ, सञ्चालन आम्दानी ११ अर्ब १६ करोड रुपैयाँ रहेको छ । १६ अर्ब ९० करोड रुपैयाँ जगेडा कोषमा रहेको यस बैंकको निक्षेप संकलन २ खर्ब ८० अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब १४ अर्ब रुपैयाँ रहेको छ ।
त्यसैगरी, नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी २४.१० रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १५.९३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला
- कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा, महाधिवेशन र आन्तरिक विवाद मुख्य एजेन्डा
- आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- सरकार र हिन्दूवादी सङ्गठनबीच १३ बुँदे सहमति, आन्दोलन स्थगित
- इरानमाथिको आक्रमण रोकिएको ट्रम्पको दाबी
- दुई दिन धेरै भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो
- हाँस्य विधाबाट समाज बदलिरहेका अमृतको सफलता
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

ट्रेन्डिङ
खबरमुकाम







