काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ समापन भएको छ ।
भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्सपोको सोमबार साँझ समापन भएको हो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेका छन् ।
एक्स्पोमा चार पांग्रे र दुई पांग्रे सवारी साधन प्रदर्शनमा राखिएका थिए । विद्युतीय सवारीको बोलवाला भएको एक्सोपमा सबैभन्दा धेरै बीवाइडीको गाडी बुक भएको छ । हामीले यहाँ केही कम्पनीले उपलब्ध गराएका विवरणहरू उल्लेख गरेका छौं ।
कुन गाडी कम्पनीका कति गाडी बुकिङ ?
बीवाइडी-८०० भन्दा बढी
हुन्डाई-२५० भन्दा बढी
लिपमोटर-१७५ युनिट
फोर्थिङ फ्राइडे- ३८ वटा
एलएअस अटोको- ३७ वटा
फक्सवागन-२८ वटा
टोयोटाको- २६ वटा
ट्यांक-५००- १७ माथि
दुई पांग्रेमा
१. एथरको स्कुटरको- १५० बढी
२. केटीएमटीएम- २०० युनिट
३. बेनेलिको बाइक-८० वटा (मोर्बिडिलेज)
एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड प्रदर्शनीमा राखिएको थियो ।
यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाएका थिए । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो

ट्रेन्डिङ
खबरमुकाम







