काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)को आयोजनामा भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ समापन भएको छ ।
भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्सपोको सोमबार साँझ समापन भएको हो । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा १ लाखले अवलोकन गरेका छन् ।
एक्स्पोमा चार पांग्रे र दुई पांग्रे सवारी साधन प्रदर्शनमा राखिएका थिए । विद्युतीय सवारीको बोलवाला भएको एक्सोपमा सबैभन्दा धेरै बीवाइडीको गाडी बुक भएको छ । हामीले यहाँ केही कम्पनीले उपलब्ध गराएका विवरणहरू उल्लेख गरेका छौं ।
कुन गाडी कम्पनीका कति गाडी बुकिङ ?
बीवाइडी-८०० भन्दा बढी
हुन्डाई-२५० भन्दा बढी
लिपमोटर-१७५ युनिट
फोर्थिङ फ्राइडे- ३८ वटा
एलएअस अटोको- ३७ वटा
फक्सवागन-२८ वटा
टोयोटाको- २६ वटा
ट्यांक-५००- १७ माथि
दुई पांग्रेमा
१. एथरको स्कुटरको- १५० बढी
२. केटीएमटीएम- २०० युनिट
३. बेनेलिको बाइक-८० वटा (मोर्बिडिलेज)
एक्स्पोमा चारपांग्रेतर्फ बीवाइडी, सिट्रोन, फोरर्थिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टास, हुन्डाई, केई, किया, लीपमोटर, एलईभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुविशी, निसान, ओमोडारजेको, प्युजो, प्रोटोन, रेनो, टोयोटा, फस्कवागेन र जीकर ब्रान्ड प्रदर्शनीमा राखिएको थियो ।
यस्तै, दुईपांग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनिली, सीएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआइयू, रेभोल्ट, रोयल इन्फिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रइम्फ, टीभीएस, अल्ट्राभ्वाइलेट, याज्दी र जीहोले उपस्थिति जनाएका थिए । कमर्शियलतर्फ चेरी वान्डा, डोङफेङ, फारिजोन, हाउजी, कामा, कारी, किङलोङ र सनलङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





