नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागितामा, प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुतहुने “बिजनेस ब्लु प्रिन्ट नेपाल” कार्यक्रम यही भदौ १२ गते, २०८२ मा काठमाडौंस्थित होटल म्यारीयटमा आयोजना हुने भएको छ।
व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्नु रहेको छ। कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउनेछन ।
राजधानीको म्यारीयट होटलमा मिति २०८२ साउन २५ गते आयोजना गरीएको पत्रकार सम्मेलनमा कामर्यक्रमका संयोजक तथा जिनियस टल्कस्का प्रबन्धक श्री कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेशमा थप प्रेरणा र टेवा पुर्याउने बताए । पाटनीले आज सम्म १० हजार भन्दा बढि यस्ता खालका सेमिनारहरु गर्दै आउने समेत उनले जानकारी दिए र उनको काठमाडौैं यो पहिलो शो समेत रहेको बताए । कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिड्ड हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागी विभिन्न क्षेत्रमा ज्ञान रहेका विज्ञहरुको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।
डा. उज्जवल पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन् । नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ । यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






