दोलखा जिल्ला, तामाकोसी गाउँपालिका–१, भीरकोट साबिक भीरकोट गा.वि.स. वडा नं. ४ मा जन्मिएका बाबुराम काफ्ले हिमाली क्षेत्रको प्राकृतिक सुन्दरता र कठिनाईले भरिएको परिवेशबाट हुर्किएर प्रारम्भिक जीवनदेखि नै अध्ययन, संघर्ष र सेवाको बाटोमा लागे।
नेपाली भाषा र साहित्यमा असाध्यै रुची राख्ने उनी स्नातकोत्तर तहसम्म नेपालमै अध्ययन सकेर विभिन्न क्याम्पसहरुमा नेपाली भाषा, साहित्य र व्याकरण विषयमा अध्यापन गरे। उनी साहित्यिक सृजनामा मात्रै नभएर शैक्षिक पुस्तक लेखन तथा प्रकाशनको क्षेत्रमा पनि उत्तिकै सक्रिय थिए। नेपाली साहित्य र व्याकरणतर्फको उनको गहनताले गर्दा बेग्लै किसिमको सफलता प्राप्त गरेका छन्। नेपालका विभिन्न स्कुल तथा क्याम्पसहरुमा उनले लेखेका पुस्तकहरु पाठ्यक्रमका रुपमा पढाइएका छन् ।
नेपालको स्नातकोत्तर तहसम्मको अध्ययन र विभिन्न स्कुल तथा क्याम्पसहरुमा अध्यापन सँगसँगै विदेश यात्राको चाहना पनि बढ्न थाल्यो। बाहिर रहेपनि नेपाल र नेपालीको लागि पनि केहि गर्नुपर्छ भन्ने विचारलाई आत्मसात गर्दै सन् २०१९ तिर अमेरिकाको टेक्सास पुगे।
टेक्सासमा रहेर व्यवसाय गर्दै आएका उनी विभिन्न संघ संस्थाहरुमा पनि आवद्ध छन् । प्रारम्भिक वर्षहरुमा सामाजिक र साँस्कृतिक गतिविधिमा सहभागिता जनाएका उनले विशेष गरि टेक्सास राज्यको वाको क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर अघि बढेका छन् । विभिन्न संघ संस्थामा संलग्न रहेका उनले नेपाली विद्यार्थीहरुका लागि शैक्षिक, आवासीय र आर्थिक सहयोग पुर्याउँदै आएका छन् ।
प्रवासी नेपालीको हकहितको सवालमा गोष्ठी, संवाद र पहलहरुमा सहभागिता जनाइरहने उनले भाषा, साहित्य, संस्कृति, पर्यटन, दर्शन र पहिचान संरक्षणमा पनि कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छन् । प्रवासमा रहेर पनि उनले नेपाली साहित्यलाई जीवन्त बनाउने अनेक प्रयास गरेका छन् ।
आफ्नो व्यवसाय सँगसँगै विभिन्न संघ संस्थामा कार्यरत रहेर विभिन्न क्षेत्रमा योगदान पुर्याइरहेका उनले वर्तमान एनआरएनएको चुनावी मैदानमा उम्मेदवारी दिएका छन् ।
उनका प्रमुख संलग्नता र योगदानहरु निम्नानुसार रहेका छन्ः
– समस्यामा परेका नेपाली विद्यार्थीहरूका लागि शैक्षिक, आवासीय र आर्थिक सहयोग ।
– भाषा, साहित्य, संस्कृति, पर्यटन, दर्शन, र पहिचान संरक्षणमा कार्यक्रमहरू सञ्चालन ।
– प्रवासी नेपालीको हकहितको सवालमा गोष्ठी, संवाद र पहलहरूमा सहभागिता ।
यसकारण दिए काफ्लेले उम्मेदवारी
२०२५–२०२७ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर्स पदमा उम्मेदवारी घोषणा गर्दै उनले ‘एकता, आजको आवश्यकता’ भन्ने नारा अघि सारेका छन् । यो नारा केवल शब्द होइन— एनआरएनएभित्रको विगतका फाटो, अन्तरद्वन्द्व र अविश्वासको पृष्ठभूमिमा उनी नेतृत्वद्वारा ल्याउन खोजिएको सामूहिकताको स्पष्ट संकेत हो।
उनको प्रचार सामग्रीमा अमेरिकी र नेपाली झण्डालाई सँगै राखेर द्वैध पहिचानप्रतिको सम्मान दर्शाइएको छ। ‘नेपालका लागि नेपाली’ भन्ने भावनाले प्रवासी नेपालीको मूल आत्मा बोल्छ।
उनको उम्मेदवारी पोस्टरमा उनले हात जोडी नमस्कार गरिरहेको चित्रले एक सेवामूलक, विनम्र र नेपाली मूल्यमा आधारित नेतृत्वको संकेत गर्छ। उनले हरेक अभिव्यक्तिमा प्रवासी नेपाली समुदायलाई जोड्ने, सुन्ने, बुझ्ने र समाधान दिन सक्ने शैली देखाएका छन्।
बाबुराम काफ्लेमा समाजप्रतिको समर्पण, व्यक्तिगत प्रचारभन्दा संस्थागत बलमा विश्वास, बहसलाई सम्मान गर्ने तर निष्कर्षमुखी विचार राख्ने क्षमता तथा अन्तरसंवादमार्फत एकता कायम गर्ने सामर्थ्य देखिन्छ ।
उनले भनेका छन्, ‘एनआरएनए भनेको केवल चुनाव जित्ने मञ्च मात्रै होइन, यो अभियान हो। हाम्रा भाषा, संस्कृति, इतिहास, चाडपर्व र पहिचानलाई संसारभर चिनाउने हाम्रो साझा घर हो ।’
संस्थालाई भरोसायोग्य बनाउन र धेरै भन्दा धेरै नेपालीलाई संस्थाको छानोमुनि ल्याउनु उनको प्रमुख उद्देश्य रहनेछ । उनको अभिव्यक्तिमा प्रवासी नेपाली समुदायलाई जोड्ने, सुन्ने, बुझ्ने र समाधान दिन सक्छु भन्ने उद्देश्यले एनआरएनएमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग



ट्रेन्डिङ
सुशिला नेपाल






