सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड सेभेन र जेड फ्लिप सेभेनको प्रिअर्डर घोषणा गरेको छ ।
ग्लोबल अनप्याक्ड पश्चात, सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड सेभेन र जेड फ्लिप सेभेनः अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इंटेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रिअर्डर गर्न मिल्ने जनाएको छ ।
ग्यालेक्सी जेड फोल्ड सेभेनले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआइ प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने, खोल्ने बित्तिकै ठूलो र इमर्सिभ डिस्प्ले मार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।
ग्यालेक्सी जेड फ्लिप सेभेन चाहिँ स्मार्ट एआइ फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ — फ्ल्यागशिप क्यामेरा, एज टु एज फ्लेक्सविन्डो, र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका एम एक्स डिभिजन प्रमुख निर्देशक श्री प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी जेड फोल्ड सेभेनले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ। ग्यालेक्सी एआइ र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ।”
यसैगरी, ग्यालेक्सी जेड फ्लिप सेभेनले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ। अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्शन सम्भव छ—फोन खोल्नु नपरीकनै। दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ र ४.१ –इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ— जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ। फोन फोल्ड गरिएको अवस्थामा पनि, प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सिधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्याउँछ। फ्लिप सेभेनको मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटीकता दिन्छ, भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधार मार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ।
नेपालमा यी स्मार्टफोनहरू २५६ जिबी भेरियन्टमा अगस्त ७ (साउन २२) देखि प्रिअर्डर लिनका लागि यी सजिला स्टेपहरू पुरा गर्नुहोस्ः
वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्
प्रीअर्डरको लागि दर्ता गरी रु पाँच हजारको अग्रिम भुक्तानी गरेपछि, ग्राहकहरूले OTP (One-Time Password) प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ foldable फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विस्थापित सुकुम्बासीले आफ्नो व्यवस्था आफैं गर्नुपर्ने सरकारको निर्णय
- सुनुवाइ समितिबाट सर्वसम्मत प्रधानन्यायाधीश बने डा. शर्मा
- आर्थिक स्थिति डामाडोल, देशको कुरा उठाउन छोडेर सांसदद्धारा स्वकीय सचिवमा जोड !
- राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच सम्झौता
- सासा ट्राभल्सले पूरा गर्यो पहिलो वर्ष
- सरकार आफैं सरकारी सम्पत्ति कब्जा गराउँदै, पहिले कौडीको भाउमा भाडामा दिने, अहिले अतिक्रमण हुँदा चुपचाप !
- संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- प्रस्तावित प्रधानन्यायाधीश शर्माको विषयमा समितिमा छलफल हुँदै


ट्रेन्डिङ
खबरमुकाम







