नाम्खा गाउँपालिका– ६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो स्थान लाप्चा क्षेत्रमा खानेपानीको समस्या भएको गुनासो आएको छ । विशेष गरी मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने स्थानमा हालसम्म खानेपानीको व्यवस्था गर्न नसकिएका कारण पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।
धार्मिक तथा पर्यटकीयस्थल लाप्चामा खानेपानीको ठुलो समस्या रहेको लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गरेका रामजन रावतले बताए । अन्य संरचना निर्माण कार्य भए पनि खानेपानी जस्तो अति आवश्यक पर्ने कुरामा कसैको ध्यान जान नसक्नु दुःखको कुरा भएको उनको भनाइ छ ।
हालसम्म जति पनि आन्तरिक तथा बाह्य पर्यटकहरु लाप्चा पुगेर फर्किएका छन् उनीहरुले तुम्लिङबाट बोकेर लगिएको पानीले काम चलाउने गरेको बताए । रावतका अनुसार लाप्चा पुग्दा पाँच लिटर पानी बोकेर जानुपर्ने हुन्छ ।
यसैगरी, लाप्चामा खानेपानीको समस्या भोगेका दन्त शाहीले यस्तो पर्यटकहरु आइरहने स्थानमा खानेपानीको ठुलो समस्या रहेको बताए । खानेपानीको समस्याबारे जानकारी नभएका कारण उनीहरुको समूहले ठुलै समस्या भोग्नुपरेको थियो ।
पहिले पशुपालक बाहेक कोही नजाने गरेको अवस्थामा विगत सात वर्षयता पर्यटकहरु लाप्चामा मानसरोवर कैलाशको दुरदर्शनका लागि जान थालेका छन् । वर्षमा एक हजार पाँच सयभन्दा बढी आन्तरिक र बाह्य पर्यटकहरु लाप्चा पुग्ने गरेर र सबैले भोग्ने साझा समस्या भने पानी हो ।
लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले खानेपानीको समस्या भएको स्वीकार गर्दै यसको स्रोतको खोजी भई रहेपनि हालसम्म पत्ता लगाउन नसकिएको बताए। स्रोत पत्ता लागे खानेपानीका लागि लगानी गर्ने निकायहरु भेटाउन सकिने बताउदै उनले यो वर्ष पानीको स्रोतको खोजीमा लागि रहेको बताए ।
आर्थिक वर्ष ०८१–०८२ मा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मानसरोवर कैलाशको दुरदर्शन गर्न असहज भएको बेला पर्यटन बोर्डले खानेपानी बाहेकका अन्य संरचना निर्माण गरिसकेको छ । यसमा दृश्याबलोकन गर्न सकिने क्षेत्रमा पर्यटकहरुलाई भित्रैबाट बसेर हेर्न सकिने क्षेत्रमा झ्यालमा सिसा राखिएको हल, शौचालय, फोहोर फाल्ने पाँच वटा डस्विन, चार वटा फोहोर जलाउने खाल्डो, दुई वटा स्तुपाहरु निर्माण गरिएका छन् ।
(यो आलेख राजन रावतले गोरखापत्रमा लेखेका हुन् ।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






