सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध श्रमिक र श्रमिकका परिवारको स्वास्थ्य जिम्मा लिने घोषणा गरेको छ ।
कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कविराज अधिकारीले अबको करिब चार वर्षमा श्रमिक र परिवारको स्वास्थ्यको जिम्मा कोषमार्फत राज्यले लिने गरी काम भइरहेको स्पष्ट पारे ।
पछिल्लो समय योगदानकर्ताको स्वास्थ्योपचारसम्बन्धी सुविधालाई विस्तार गर्दै लगिएको जानकारी दिँदै कार्यकारी निर्देशक अधिकारीले औपचारिक क्षेत्रका श्रमिकहरूको परिवारमा स्वास्थ्य सेवा विस्तार भई चालु आर्थिक वर्षमा कार्यान्वयनमा आइसकेको बताए ।
‘आजभन्दा पाँच वर्ष अगाडि योगदानकर्तामा मात्र सिमित रहेको स्वास्थ्य उपचार सेवा अहिले योगदानकर्ताको परिवारमा समेत विस्तार भइसकेको छ’, उनले भने, ‘औषधि उपचारको एक लाखको सीमालाई योगदानकर्ताको हकमा अस्पतालमा भर्ना भई उपचार गराउनुपर्ने भएमा १० लाख सम्मको उपचार खर्चमा ५० प्रतिशत सहभुक्तानी सुविधा समेत उपलब्ध गराइएको छ ।’
पछिल्ला वर्ष रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम सङ्कलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै कार्यकारी निर्देशक अधिकारीले वैदेशिक रोजगारीमा रहेका श्रमिकबाट हुने योगदान रकमको नियमितताका लागि प्रयास जारी रहेको बताए ।
गत आवसम्ममा कोषमा २० हजार नौ सय ९१ रोजगारदाता र २३ लाख ७४ हजार चार सय ८६ योगदानकर्ता आबद्ध भएका छन् । सो आवमा मात्रै आठ लाख ८२ हजार नौ सय ४६ श्रमिक कोषमा आबद्ध भएका छन् । सो अवधिमा रु ८३ अर्ब ६५ करोड पुगेको कोषले जनाएको छ ।
नियमित योगदान गरेका योगदानकर्तालाई विभिन्न सामाजिक सुरक्षा योजनाको उपयोग गरेबापत रु १५ अर्व ७५ करोड रकम भुक्तानी गरिएको कोषले जनाएको छ ।
विशेष सापटी रु छ अर्ब ९० करोड, घर सापटी १३ करोड र शैक्षिक सापटी एक करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई सात अर्ब चार करोड भुक्तानी भएको कोषका प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिए । -रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमपहिरोमा परेर विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन
- कांग्रेस फुट्ने पक्का, देउवा पक्षले बनायो राष्ट्रिय भेला आयोजक समिति
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

ट्रेन्डिङ
खबरमुकाम







