सुधा देव
काठमाडाै। सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ । देव, ब्राह्मण, कायष्थ, सोनार लगायत जातजातिका नव विवाहिता महिलाले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै परापूर्व कालदेखि गर्दै आएको मधुश्रावणी पूजा विधिवत रूपमा मङ्गलबारदेखि सुरू भएको हो ।
यो पूजा माइतीमै गरिने भएकोले पूजा सुरू हुने अघिल्लो दिन ब्रतालु महिला तथा पूजाका लागि चाहिने सामग्री लुगा, श्रृङ्गारको सामान पूजा गर्नका लागि हात्ती, नागनागिन,फलफूल दुध, लावा ब्रतालु महिलाले लगाउने पहिरनको सामाग्री ब्रतमा खाने सामग्री श्रीमानको घरबाट आउने चलन छ ।
१५ दिनसम्म चल्ने यस पूजामा शिव पार्वती, नागनागिनको जीवनमा आधारित कथा विस्तृत रूपमा कथा वाचिकाले भन्ने र ब्रतालु महिलाले सुनेर विवाहपछि आफ्नो वैवाहिक जीवनलाई सहज रूपमा कसरी अगाडि बढाउने विषयमा सिकाई हुने भएकोले मिथिला अञ्चलमा मनाइने मधुश्रावणी पूजाको छुट्टै महत्त्व र विशेषता रहेको गत वर्ष मधुश्रावणी पूजा गर्नुभएकी राजविराज-९ कि नेहा देवले बताइन। उनले भनिन्, यो पूजामा मानको पात,बेलपात,धानको लावा, गाई दुध, केरा विभित्र किसिमको फलफूल लगायत अधिकांश सामाग्री प्रकृतिसँग जोडिएकोले यस पूजा मार्फत प्रकृतिलाई संरक्षण गर्ने सन्देश समेत दिँदै आएको छ ।
यस पूजा अवधि भर शिवपार्वती, नागनागिन (बिसाहा)सँग जोडिएको कथा भन्ने महिलाहरू मिलेर विभिन्न गीत गाउने, ब्रतालु महिला साथीसँग मिलेर समूहमा टोल छिमेकको घर घर गई धेरै भन्दा धेरै फूल टिपेर ल्याउने र भोलिपल्ट पूजामा चढाउने चलन रहेको छ । पूजामा कथा सुन्ने, कथा भन्ने, गीत गाउने, फूल टिप्ने, पूजा गर्ने सबै महिलाले नै गर्ने भएकोले यस पूजाले महिलालाई नेतृत्व गर्न समेत सिकाएको छ । यो पूजा नागपञ्चमीको दिनदेखि सुरू भई श्रावण शुक्ल तृतीयाको दिन सम्पन्न हुने भएको छ ।
सप्तरीसहित तराई मधेशमा केहि जातजाति समुदायले आजै नाग देवताको दुधलावा, मिठाई र फूल चढाएर घरघरमा पूजाआजा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






