सुधा देव
काठमाडाै। सप्तरीसहित तराई मधेशका नव विवाहित महिलाले १५ दिनसम्म गर्ने मधुश्रावणी पूजा मङ्गलबारदेखि सुरू भएको छ । देव, ब्राह्मण, कायष्थ, सोनार लगायत जातजातिका नव विवाहिता महिलाले अखण्ड शौभाग्यवती, पतिको दीर्घायुको तथा परिवारको सुख शान्तिको कामना गर्दै परापूर्व कालदेखि गर्दै आएको मधुश्रावणी पूजा विधिवत रूपमा मङ्गलबारदेखि सुरू भएको हो ।
यो पूजा माइतीमै गरिने भएकोले पूजा सुरू हुने अघिल्लो दिन ब्रतालु महिला तथा पूजाका लागि चाहिने सामग्री लुगा, श्रृङ्गारको सामान पूजा गर्नका लागि हात्ती, नागनागिन,फलफूल दुध, लावा ब्रतालु महिलाले लगाउने पहिरनको सामाग्री ब्रतमा खाने सामग्री श्रीमानको घरबाट आउने चलन छ ।
१५ दिनसम्म चल्ने यस पूजामा शिव पार्वती, नागनागिनको जीवनमा आधारित कथा विस्तृत रूपमा कथा वाचिकाले भन्ने र ब्रतालु महिलाले सुनेर विवाहपछि आफ्नो वैवाहिक जीवनलाई सहज रूपमा कसरी अगाडि बढाउने विषयमा सिकाई हुने भएकोले मिथिला अञ्चलमा मनाइने मधुश्रावणी पूजाको छुट्टै महत्त्व र विशेषता रहेको गत वर्ष मधुश्रावणी पूजा गर्नुभएकी राजविराज-९ कि नेहा देवले बताइन। उनले भनिन्, यो पूजामा मानको पात,बेलपात,धानको लावा, गाई दुध, केरा विभित्र किसिमको फलफूल लगायत अधिकांश सामाग्री प्रकृतिसँग जोडिएकोले यस पूजा मार्फत प्रकृतिलाई संरक्षण गर्ने सन्देश समेत दिँदै आएको छ ।
यस पूजा अवधि भर शिवपार्वती, नागनागिन (बिसाहा)सँग जोडिएको कथा भन्ने महिलाहरू मिलेर विभिन्न गीत गाउने, ब्रतालु महिला साथीसँग मिलेर समूहमा टोल छिमेकको घर घर गई धेरै भन्दा धेरै फूल टिपेर ल्याउने र भोलिपल्ट पूजामा चढाउने चलन रहेको छ । पूजामा कथा सुन्ने, कथा भन्ने, गीत गाउने, फूल टिप्ने, पूजा गर्ने सबै महिलाले नै गर्ने भएकोले यस पूजाले महिलालाई नेतृत्व गर्न समेत सिकाएको छ । यो पूजा नागपञ्चमीको दिनदेखि सुरू भई श्रावण शुक्ल तृतीयाको दिन सम्पन्न हुने भएको छ ।
सप्तरीसहित तराई मधेशमा केहि जातजाति समुदायले आजै नाग देवताको दुधलावा, मिठाई र फूल चढाएर घरघरमा पूजाआजा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





