काठमाडाै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको समितिको सदस्य इला शर्माको करीब ६० बर्षको उमेरमा मिति २०८२/०३/२८ गतेको दिन हृदयाघातका कारण असमायीक निधन भएको छ । शर्माको स्वास्थमा असज महशुस भएपछि नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शर्मा विगत १ बर्ष देखि सिटिजन्स बैंकको समिति सदस्यमा रहेका थिए। कानुनमा विशेष अनुभव सँगाल्नुभएकी शर्मा पूर्वनिर्वाचन आयुक्त हुन । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम गरेकी थिइन् । साथै युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम पनि गरेकि थिइन् ।
उनसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव थियो । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उहाँ उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षसमेत रहेकि थिइन्।
उनको पार्थिक शरीरमा आज पशुपतिको आर्यघाटमा बैंकको अध्यक्ष श्री प्रबल जंग पाण्डे, संचालक श्री दिग्विजय विष्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेल लगायतका बैंकका व्यवस्थापन समुहहरु बैंकको शेयरधनी र कर्मचारीहरुले पुष्पमाला अर्पण गरि अन्तिम बिधाई गरेको छ। उहाँको असमायिक निधनले सिटिजन्स बैंक परिवार स्तब्ध भएको छ र बैंकलाई अपूरणीय क्षति पु¥याएको छ । उनकाे आत्माको चिर शान्तिको कामना र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







