काठमाडौं । शैक्षिक परामर्श व्यवसायी शिशिर सिंखडाले हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि क्याम्ब्रिज मार्फत उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिँदै आएका सिंखडाले काठमाडौंको बुढानिलकण्ठ–८, भंगालमा हङ्ग्री वेल्स रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् ।
‘स्वस्थ खाना खाउँ, स्वस्थ जीवन जिउँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको हङ्ग्री वेल्समा रेष्टुरेन्टमा स्थानीय नेपाली परिकारदेखि इण्डियन, कन्टिनेन्टल लगायतका परिकारहरु पाइन्छ । शान्त, स्वच्छ वातावरणमा रहेको हङ्ग्री वेल्सले ग्राहकलाई फरक स्वादसँगै न्यानो आतिथ्यता प्रदान गर्ने सञ्चालक शिशिर सिंखडाले बताए । ‘हङ्ग्री वेल्समा तपाईहरुले नेपाली परिकारदेखि इण्डियन, चाइनिज, इटालियन लगायतका परिकारहरु पाउनु हुन्छ ।’ गुणस्तरीय र स्वस्थ परिकार प्रदान गर्नु हङ्ग्री वेल्सको मुख्य उद्देश्य रहेको उनकाे भनाई छ ।
स्वच्छ र स्वस्थ परिकार निर्माणका लागि हङ्ग्री वेल्सले स्टार होटलमा काम गरेका कुकको व्यवस्थापन गरेको छ । ‘हामीले खाने हरेक परिकार स्वच्छ, स्वस्थवर्धक हुनुपर्छ भन्ने मान्यता राखेकाले स्वच्छता र स्वस्थता कायम गर्न हरेक परिकारमा प्रयोग हुने खाद्य सामानहरुको गुणस्तरीयता मापन गरेर प्रयोग गरेका छौं ।’ सञ्चालक सिंखडाले भने ।
करिब एक करोड लगानीमा सञ्चालनमा ल्याइएको हङ्ग्री वेल्स रेष्टुरेन्ट पारिवारिक वातावरणमा बसेर समय व्यतित गर्न सकिन्छ । हङ्ग्री वेल्सका परिकारहरुलाई फुडमाण्डु, पठाओ फुड, भोज डील लगायतका अनलाइन प्लेटफर्मबाट होम डेलिभरीबाट पनि ग्राहकको घरघर पुर्याउने लक्ष्य छ । सञ्चालक सिंखडाले केही समयभित्रै होम डेलिभरीको सेवा सुरु गर्ने जानकारी दिए ।
हङ्ग्री वेल्सलाई निकट भविष्यमै फ्रेन्चाइज मोडलमा समेत लैजाने लक्ष्य लिइएको छ । उत्पादन र रोजगारीलाई प्राथमिकतामा राखेर हस्पिटालिटी क्षेत्रमा केही गरौं भन्ने सोचका साथ आएका सिंखडाले हङ्ग्री वेल्स हस्पिटालिटी क्षेत्रमा नेपालकै नमूना हुने जिकीर गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







