काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण तथा विभिन्न आर्थिक अपचलनसम्बन्धी आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । स्रोतहरूका अनुसार आजै उनीहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दर्ता हुने सम्भावना रहेको छ ।
सरकारी वकिल कार्यालयले चारवटा मुद्दा दर्ताको तयारी गरिरहेको बताइएको छ । तीमध्ये धितोपत्र कसुर तथा बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी गरिएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
विशेष अदालतले भट्ट र अग्रवाललाई बुधबारसम्म थुनामा राख्न अनुमति दिएको थियो । सोही म्याद सकिन लागेकाले आजै मुद्दा दर्ता प्रक्रिया अघि बढ्ने सम्भावना बढेको हो ।
सीआईबीले यस प्रकरणलाई हालसम्मकै ठूलो आर्थिक अपराधसम्बन्धी मुद्दामध्ये एकका रूपमा लिएको बताइएको छ । अनुसन्धानका क्रममा भट्ट र अग्रवालसँग सम्बन्धित ५६ जना व्यवसायीको सम्पत्ति रोक्का गरिएको छ ।
स्रोतहरूका अनुसार मुद्दामा एक सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइने सम्भावना छ । प्रतिवादीको सूचीमा उनीहरूसँग सम्बन्धित विभिन्न व्यावसायिक समूहका पदाधिकारी तथा व्यवसायीहरू समेत पर्न सक्ने बताइएको छ ।
विशेषगरी शंकर समूहसँग आबद्ध व्यक्तिहरू, हिमालयन रिइन्स्योरेन्स तथा विभिन्न लघुबीमा कम्पनीसँग सम्बन्धित व्यक्तिहरू पनि अनुसन्धानको दायरामा रहेको चर्चा छ । यद्यपि, अन्तिम रूपमा कसलाई प्रतिवादी बनाइने भन्ने विषय भने अभियोगपत्र दर्तापछि मात्रै स्पष्ट हुनेछ ।
धितोपत्र कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा भट्ट र अग्रवालविरुद्ध दर्ता हुन लागेको मुद्दालाई नेपालकै ठूलो आर्थिक अपराधसम्बन्धी मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






