काठमाडौं । व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण तथा विभिन्न आर्थिक अपचलनसम्बन्धी आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरिरहेको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । स्रोतहरूका अनुसार आजै उनीहरूविरुद्ध विभिन्न अदालतमा मुद्दा दर्ता हुने सम्भावना रहेको छ ।
सरकारी वकिल कार्यालयले चारवटा मुद्दा दर्ताको तयारी गरिरहेको बताइएको छ । तीमध्ये धितोपत्र कसुर तथा बैंकिङ कसुरसँग सम्बन्धित मुद्दा जिल्ला अदालतमा दर्ता गर्ने तयारी गरिएको छ भने सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।
विशेष अदालतले भट्ट र अग्रवाललाई बुधबारसम्म थुनामा राख्न अनुमति दिएको थियो । सोही म्याद सकिन लागेकाले आजै मुद्दा दर्ता प्रक्रिया अघि बढ्ने सम्भावना बढेको हो ।
सीआईबीले यस प्रकरणलाई हालसम्मकै ठूलो आर्थिक अपराधसम्बन्धी मुद्दामध्ये एकका रूपमा लिएको बताइएको छ । अनुसन्धानका क्रममा भट्ट र अग्रवालसँग सम्बन्धित ५६ जना व्यवसायीको सम्पत्ति रोक्का गरिएको छ ।
स्रोतहरूका अनुसार मुद्दामा एक सयभन्दा बढी व्यक्तिलाई प्रतिवादी बनाइने सम्भावना छ । प्रतिवादीको सूचीमा उनीहरूसँग सम्बन्धित विभिन्न व्यावसायिक समूहका पदाधिकारी तथा व्यवसायीहरू समेत पर्न सक्ने बताइएको छ ।
विशेषगरी शंकर समूहसँग आबद्ध व्यक्तिहरू, हिमालयन रिइन्स्योरेन्स तथा विभिन्न लघुबीमा कम्पनीसँग सम्बन्धित व्यक्तिहरू पनि अनुसन्धानको दायरामा रहेको चर्चा छ । यद्यपि, अन्तिम रूपमा कसलाई प्रतिवादी बनाइने भन्ने विषय भने अभियोगपत्र दर्तापछि मात्रै स्पष्ट हुनेछ ।
धितोपत्र कसुर र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा भट्ट र अग्रवालविरुद्ध दर्ता हुन लागेको मुद्दालाई नेपालकै ठूलो आर्थिक अपराधसम्बन्धी मुद्दामध्ये एकका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





